Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

पाँचथरमा सिउँडी फल खेतीबाट किसानको मनग्य आम्दानी

पाँचथरमा सिउँडी फल खेतीबाट किसानको मनग्य आम्दानी
अखबरेमा लटरम्म फलेका ड्रागन दाङ, २१ असारः दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अखबरेमा रुकुम(पूर्व) तकसेराका दिलचन बुढाले भाडाको जग्गामा व्यावसायिक रुपमा गर्नुभएको ड्रागन खेतीमा लटरम्म फलेका ड्रागन फल । बुढाले दुई बिगाहा जमिन भाडामा लिएर पाँच वर्षदेखि ड्रागन फ्रुट खेती गर्दै आउनुभएको छ । तस्बिरः कुलदीप न्यौपाने÷रासस
A A+ A-

फिदिम। पाँचथरको हिलिहाङ गाउँपालिका-७ का ओमनाथ रिजालले बाँझो पाखाबारीमा सिउँडी फल (ड्र्यागन फ्रुट) खेती गरेर राम्रो आम्दानी लिन थालेका छन्।

काठमाडौँबाट गाउँ फर्केर कृषिमा लाग्नुभएका रिजालले पाँच वर्षअघि सुरु गरेको खेती अहिले २० रोपनी क्षेत्रफलमा फैलिएको छ। उनले थप १२ रोपनी जग्गामा समेत यो खेती विस्तार गर्ने योजना बनाए।

रिजालले स्थापना गर्नुभएको जैविक कृषि फार्ममा अहिले तेस्रो सिजनको फल पाकेको छ। उनका अनुसार असार र साउनमा दुई चरणमा उत्पादन भइसकेको यो फल जेठदेखि कात्तिक महिनासम्म निरन्तर उत्पादन हुन्छ।

बिरुवा रोपेको १८ महिनामै फल दिन सुरु गर्ने र एक पटक रोपेपछि २० देखि २५ वर्षसम्म उत्पादन दिने विज्ञहरू बताउँछन्। फूल फुलेको २८ दिनमा फल पाक्ने गर्दछ।

खेतीका लागि फलामको पिल्लरमा टायर राखेर बिरुवाको सहारा बनाइएको छ। हिउँदमा सिँचाइ र वर्षामा गोडमेल तथा मलखादको व्यवस्थाबाहेक अन्य धेरै मेहनत गर्नु नपर्ने भएकाले यो खेती सहज भएको रिजालको अनुभव छ। उत्पादन भएको फलको मुख्य बजार पाँचथरको सदरमुकाम फिदिम रहेको छ।

ड्र्यागन फ्रुटका अध्येता पूर्णप्रसाद लुइटेलका अनुसार यो फल रातो र सेतो गरी दुई प्रकारको हुन्छ। मानव शरीरलाई आवश्यक पर्ने पोषक तत्व र औषधीय गुण पाइने भएकाले यसलाई सुपर फुडका रूपमा समेत लिइन्छ।

2