Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भ्रामक समाचारप्रति नेपाल बैंकको ध्यानाकर्षण

भ्रामक समाचारप्रति नेपाल बैंकको ध्यानाकर्षण
अ+ अ-

काठमाडौँ- केही नेपाली सञ्चार माध्यमहरुले नेपाल बैंकबाट आर्थिक वर्ष २०७४/०७५ मा २० अर्ब ४० करोड १५ लाख रुपियाँ गायब भएको भनी प्रकाशित गरेको भ्रामक, झुटो र तथ्यहीन समाचारप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा प्रचलित नेपाल कानुनबमोजिम आफ्नो हिसाबकिताब राख्दै र नियामकीय निकायलाई बैंकको अनुपालनाका विषयमा पूर्ण जानकारी भएको जनाएको छ । साथै बैंकका लेखापरीक्षण भएका वित्तीय विवरणहरु त्रैमासिक तथा वार्षिक रुपमा समेत सबैको जानकारीका लागि सार्वजनिक गर्ने गरिएको यथार्थ सबैमा जानकारी गराउँदै यस्ता भ्रामक समाचारहरुमा विश्वास नगर्न बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल बैंक लिमिटेड वित्तीय रुपमा सुदृढ रहनुका साथै नियामक निकायको नीति तथा निर्देशनहरु पूर्ण पालनामा प्रतिबद्ध रहेको बैैंकले जनाएको छ ।

2