Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

होटल याक एन्ड यतीद्वारा बाढी पीडितलाई १ करोडभन्दा बढी सहयोग

होटल याक एन्ड यतीद्वारा बाढी पीडितलाई १ करोडभन्दा बढी सहयोग
A A+ A-

काठमाडौं। पाँचतारे होटल याक एन्ड यतीले बाढी प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार रुपैयाँ हस्तान्तरण गरेको छ।

होटलका निर्देशक अरुण कुमार सर्राफ, रत्ना देवी सर्राफ र उमेश सर्राफ सम्मिलित टोलीले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।

होटलले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले सो रकम प्रदान गरिएको जनाएको छ।

निर्देशक अरुण कुमार सर्राफले प्राकृतिक विपत्तिबाट प्रभावितहरूका लागि यो सहयोगले केही योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

दरबारमार्गमा अवस्थित याक एन्ड यती सन् १९७७ देखि सञ्चालनमा छ। ऐतिहासिक लाल दरबारको संरचनामा निर्माण गरिएको यो होटल नेपालको आतिथ्य क्षेत्रको पुरानो र प्रतिष्ठित नाम मानिन्छ। सर्राफ परिवारले व्यवसायसँगै सामाजिक सेवा र सम्पदा संरक्षणका क्षेत्रमा सक्रिय रहँदै आएको छ।

यसअघि सर्राफ फाउन्डेसनमार्फत सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा र सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन तथा वातावरणीय दिगोपनका लागि विभिन्न पहलहरू सञ्चालन हुँदै आएका छन्। होटलले गरेको पछिल्लो सहयोगलाई पनि सोही सामाजिक उत्तरदायित्वको निरन्तरताका रूपमा लिइएको छ।

2