काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको २ लाख ८५ हजार कित्ता साधारण सेयरको लकइन अवधि आगामी मंसिर २९ गते समाप्त हुने भएको छ।
कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको कुल साधारण सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशत सेयरको लकइन अवधि सकिन लागेको हो। सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ अनुसार छुट्याइएको उक्त सेयरको लकइन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सामूहिक लगानी कोषहरूलाई प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड ८५ लाख रुपैयाँ बराबरको २ लाख ८५ हजार कित्ता सेयर बाँडफाँड गरिएको थियो।
उक्त सेयर २०८३ असार १ गते बाँडफाँड भएको थियो। साधारण सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्थाअनुसार आगामी मंसिर २९ गते यसको अवधि पूरा हुन लागेको हो।
लकइन अवधि समाप्त भएपछि सम्बन्धित सामूहिक लगानी कोषहरूले प्रचलित नियमअनुसार उक्त सेयर कारोबार गर्न सक्नेछन्।
