Logo

दश वर्षमा रसुवागढीबाट मात्र १४ हजार ५०० विद्युतीय गाडी आयात

अ+ अ-

रसुवा – उत्तरी नाका रसुवागढीबाट मात्र पछिल्लो दश वर्षमा चीनमा उत्पादित साढे १४ हजार विद्युतीय सवारीसाधन (ईभी) आयात भएको तथ्यांकमा देखिएको छ । रसुवागढी भन्सार कार्यालयका अनुसार वि.स. २०७१ देखि हालसम्म करिब साढे १४ हजार विद्युतीय गाडीको यही नाका हुँदै आयात भएको हो ।

विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन् । आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो सङ्ख्यामा ती सवारीसाधन थन्किएका हुन् ।

रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७० सवारीसाधनको भन्सार जाँचपास भइसकेको छ । यी गाडीहरु काठमाडौँतर्फ प्रस्थान गरिसकेको छ ।

चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ ।