Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
A A+ A-

काठमाडौँ- यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको सुधार देखिएको छ ।

नेप्से परिसूचक १९ दशमलव ७० अङ्कले बढेर दुई हजार ८५१ दशमलव ०९ को विन्दुमा कायम भएको हो । ३३९ कम्पनीको दुई करोड ७९ लाख ४२ हजार ७७९ कित्ता शेयर एक लाख ३७ हजार ८५७ पटक खरिद–बिक्री हुँदा ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा म्युचुअल फन्ड शून्य दशमलव ०९ र अन्य समूह शून्य दशमलव ५५ अङ्कले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ ।

बैङ्किङ शून्य दशमलव ७६, विकास बैङ्क शून्य दशमलव ९०, वित्त एक दशमलव १२, होटल तथा पर्यटन एक, जलविद्युत् शून्य दशमलव ७५ र लगानी समूह शून्य दशमलव ५६ प्रतिशतले बढेको छ ।

त्यस्तै, जीवन बिमा शून्य दशमलव ५२, उत्पादन तथा प्रशोधन एक दशमलव ९४, लघुवित्त शून्य दशमलव ५१, निर्जीवन बिमा शून्य दशमलव ७६ र व्यापार समूह शून्य दशमलव ७४ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड, रिजलाइन इनर्जी लिमिटेड र होटल फरेस्ट इन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने सप्तकोशी डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य आठ दशमलव ९६ प्रतिशतले घटेको छ ।कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रिदी पावर कम्पनी लिमिटेडको ४८ करोड ४८ लाख ४६ हजार ४३३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने आज सबैभन्दा धेरै कुमारी बैङ्क लिमिटेडको १५ लाख ६० हजार ६१ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

2