Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
A A+ A-

काठमाडौं। राहदानी विभागले पछिल्ला दिनहरूमा कार्यालयमा सेवाग्राहीको चाप अस्वाभाविक रूपमा बढेको जनाउँदै तोकिएको मिति र समयमा मात्र उपस्थित हुन सर्वसाधारणलाई आग्रह गरेको छ। विभागका अनुसार नयाँ राहदानी प्रणालीमार्फत नियमित सेवा प्रवाह भइरहे पनि समयअगावै कार्यालय आउने र अनावश्यक भीडभाड गर्ने प्रवृत्तिका कारण व्यवस्थापनमा कठिनाइ भएको छ।

विशेषगरी इजरायलमा रोजगारीका लागि आवेदन दिने म्याद आगामी असोज २६ गतेसम्म रहेकाले सेवाग्राहीहरू हतारिएर भीड नगर्न विभागले सुझाएको छ। पर्याप्त समय बाँकी रहेकाले दबाब वा हतारोमा नपरी नियमित प्रक्रियाबाटै आवेदन अघि बढाउन विभागले ध्यानाकर्षण गराएको छ।

यसैगरी, २०८३ साउन १४ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार जुनसुकै जिल्लाका नागरिकले पनि आफूलाई पायक पर्ने जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्ने कानुनी व्यवस्था छ। यस व्यवस्थाले गर्दा राहदानीका लागि काठमाडौंस्थित विभागमै धाउनुपर्ने बाध्यता नरहेको विभागले स्मरण गराएको छ।

विभागले अत्यन्तै आकस्मिक अवस्थामा बाहेक राजधानी नआई आफ्नै नजिकको जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयबाट सेवा लिन अनुरोध गरेको छ। सेवा प्रवाहलाई सहज, छिटो र व्यवस्थित बनाउन तोकिएको प्रक्रिया र समयतालिकाको पूर्ण पालना गर्न विभागले सबै सेवाग्राहीलाई अपिल गरेको छ।

2