Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्रे

तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्रे
A A+ A-

तनहुँ। पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा २२ दशमलव ४२ किलोमिटर सडक कालोपत्रे गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले गरेको कालोपत्रेका बारेमा जानकारी दिएको हो।

उक्त आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको थियो। कार्यालय प्रमुख रवीन्द्र तिवारीले गत आर्थिक वर्षमा जिल्लाका विभिन्न सडक खण्डमा कालोपत्रे गर्ने काम अघि बढाइएको बताए। लक्ष्यअनुसार काम सम्पन्न हुन नसके पनि सडक स्तरोन्नतिमा उल्लेख्य प्रगति भएको उनले उल्लेख गरे।

सो आवमा १ दशमलव ६७ किलोमिटर कच्ची सडक निर्माण सम्पन्न भएको छ। सो अवधिमा तीन किलोमिटर कच्ची सडक निर्माण गर्ने लक्ष्य थियो। यस्तै, १५ किलोमिटर सडक चौडाइको लक्ष्य राखिएकामा १२ दशमलव ३७ किलोमिटर सडक चौडाइ विस्तार भएको छ।

तिवारीका अनुसार सडक पूर्वाधारलाई व्यवस्थित बनाउन २१ दशमलव ५९ किलोमिटर नाली निर्माण भएको छ। नाली निर्माणको लक्ष्य २५ किलोमिटर थियो। त्यस्तै सडक संरक्षणका लागि २१ हजार ४२७ घनमिटर पर्खाल निर्माण भएको छ। सो अवधिमा २५ हजार घनमिटर पर्खाल निर्माण गर्ने लक्ष्य राखिएको थियो। तिवारीका अनुसार उक्त अवधिमा ६० वटा कजवे, कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा ५६ वटा कजवे तथा कल्भर्ट निर्माण सम्पन्न भएको छ।

पुल निर्माणमा भने कार्यालयले शतप्रतिशत पूरा गरेको छ। सो आर्थिक वर्षमा तीन वटा झोलुङ्गे पुल र तीन वटा सडक पुल निर्माण सम्पन्न भएका छन्। दुवै प्रकारका पुल निर्माणको लक्ष्य तीन–तीन वटा नै थियो। आर्थिक वर्ष २०८१/८२ मा पूर्वाधार विकास कार्यालय तनहुँले ३८ किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको थियो।

त्यसैगरी, २०८१/८२ मा एक दशमलव सात किलोमिटर कच्ची सडक, सात दशमलव चार किलोमिटर ग्राभेल सडक, ४२ किलोमिटर सडक चौडाइ विस्तार, ४५ दशमलव छ किलोमिटर नाली निर्माण, ५३ हजार ६१३ घनमिटर पर्खाल निर्माण भएको थियो। सो वर्ष सात वटा कजवे–कल्भर्ट र तीन वटा सडक पुल निर्माण सम्पन्न भएका थिए।

कार्यालयका अनुसार सडकको स्तरोन्नति, चौडाइ विस्तार, नाली तथा संरक्षण संरचनासँगै कालोपत्रेको कामलाई निरन्तरता दिइएको छ। जिल्लाका सडकलाई थप व्यवस्थित र सुरक्षित बनाउँदै आवागमन सहज बनाउन आगामी वर्ष सडक कालोपत्रे तथा स्तरोन्नतिका योजनालाई प्राथमिकतामा राखिएको तिवारीले बताए।

कार्यालयले सडकतर्फ रु ७१ करोड ७२ लाख ८२ हजार बजेट विनियोजन गरिएकामा रु ६१ करोड ७२ लाख ८१ हजार खर्च भएको छ। सडक पुलतर्फ रु २२ करोड १६ लाख ९६ हजार विनियोजन गरिएकामा रु २१ करोड ७१ लाख ८९ हजार खर्च भएको छ।

यस्तै, झोलुङ्गे पुलतर्फ रु ९२ लाख ६९ हजार बजेट विनियोजन भएकामा रु ९२ लाख छ हजार खर्च भएको छ भने सहरी विकास तथा भवनतर्फ रु ४० लाख विनियोजन भएकामा रु ३३ लाख नौ हजार खर्च भएको छ।

2