Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

दक्षिण कोरियामा इतिहासकै ठूलो डिभोर्स सेटलमेन्ट, क्वोनले पूर्वपत्नीलाई १.८७ अर्ब डलर दिने

दक्षिण कोरियामा इतिहासकै ठूलो डिभोर्स सेटलमेन्ट, क्वोनले पूर्वपत्नीलाई १.८७ अर्ब डलर दिने
A A+ A-

काठमाडौं। दक्षिण कोरियाको एक अदालतले गेमिंग कम्पनी स्माइलगेटका संस्थापक क्वोन ह्युक-बिनलाई उनकी पूर्वपत्नी ली ह्वा-जिनलाई २.५५ ट्रिलियन वोन अर्थात् १.८७ अर्ब अमेरिकी डलर सम्पत्ति दिन आदेश दिएको छ। यो दक्षिण कोरियाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो डिभोर्स सेटलमेन्ट हो।

अदालतको फैसलाअनुसार क्वोनले स्माइलगेट कम्पनीमा रहेको आफ्नो ३५ प्रतिशत सेयर लीलाई हस्तान्तरण गर्नुपर्नेछ। सेयरबाहेक उनले थप ६५ अर्ब वोन नगद पनि तिर्नुपर्नेछ। ब्लूमबर्गका अनुसार क्वोनको कुल सम्पत्ति ३ अर्ब डलर रहेको छ। यसअघि यो कम्पनी पूर्ण रूपमा क्वोनको स्वामित्वमा थियो।

यो फैसलाले यसअघि टेक टाइकुन चे ताए-वोनले आफ्नी पूर्वपत्नीलाई तिर्नुपर्ने भनिएको ९४४ अर्ब वोनको रेकर्डलाई तोडेको छ। यद्यपि, दुवै पक्षले यो फैसलालाई माथिल्लो अदालतमा चुनौती दिन सक्ने सम्भावना छ।

सन् २००१ मा विवाह गरेका क्वोन र लीले सन् २००२ मा स्माइलगेट कम्पनी स्थापना गरेका थिए। लीले डिभोर्सका लागि निवेदन दिँदा कम्पनीमा ५० प्रतिशत सेयर माग गरेकी थिइन्।

उनका वकिलहरूले कम्पनी स्थापनाका बेला लीले लगानी जुटाउन सहयोग गरेको दाबी गरेका छन्। साथै, लीले आफ्नो जीवनको २० वर्षभन्दा बढी समय घर र बच्चा हुर्काउनमा बिताएको उल्लेख गरेकी छिन्।

अर्कोतर्फ, क्वोनले आफ्नी पत्नीको कम्पनीमा कुनै लगानी वा काम नरहेको तर्क राखेका छन्। यस वर्षको सुरुमा स्माइलगेटले कम्पनीको सुरुवाती पुँजी सबै क्वोनबाट आएको भन्दै विज्ञप्ति जारी गरेको थियो। यस विषयमा कम्पनीका प्रवक्ताले मुख्य सेयरधनीको व्यक्तिगत मामिलामा टिप्पणी गर्न अस्वीकार गर्दै कम्पनीले आफ्नो नियमित काम जारी राख्ने जनाएका छन्।

2