Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

नेपाल नेत्रज्योति सङ्घद्वारा बाढीपीडितलाई एक करोड ४१ लाख सहयोग

नेपाल नेत्रज्योति सङ्घद्वारा बाढीपीडितलाई एक करोड ४१ लाख सहयोग
A A+ A-

काठमाडौँ। नेपाल नेत्रज्योति सङ्घले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग गरेको छ।

सङ्घका महासचिव भरतबहादुर चन्दले बुधबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक र भउचर हस्तान्तरण गरेका हुन्।

सङ्घका अनुसार सङ्कलित रकममध्ये रु ९९ लाख ७४ हजार ५०६ अस्पताल, आँखा उपचार केन्द्र र जिल्ला शाखाहरूबाट तथा रु ४१ लाख ६६ हजार ६३५ कर्मचारी र स्वयंसेवकबाट जुटाइएको हो।

भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो। प्रभावित नागरिकको स्वास्थ्य र जीविकोपार्जनमा परेको असरलाई मध्यनजर गर्दै सरकारको आह्वानमा उक्त कोषमा रकम जम्मा गरिएको सङ्घले जनाएको छ।

आर्थिक सहयोगका अतिरिक्त सङ्घले बाढी प्रभावित क्षेत्रमा निःशुल्क आँखा उपचार सेवा पनि प्रदान गरिरहेको छ। विपद्का कारण स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई परीक्षण, उपचार र परामर्श सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइएको सङ्घका कार्यकारी निर्देशक डा शैलेश मिश्रले बताए। उनले सरकारको राहत प्रयासमा सङ्घले ऐक्यबद्धता जनाउँदै आगामी दिनमा पनि मानवीय सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल नेत्रज्योति सङ्घले हाल देशभर २८ आँखा अस्पताल, ४४ जिल्ला शाखा र २२६ आँखा उपचार केन्द्रमार्फत सेवा दिँदै आएको छ। महासचिव चन्दका अनुसार सङ्घले हालसम्म ५ करोड २ लाख ४८९ जनालाई आँखा उपचार सेवा र ५६ लाख ५९ हजार ६२४ जनाको शल्यक्रिया गरिसकेको छ।

2