Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

उद्योगीलाई लाञ्छित गर्ने मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति

उद्योगीलाई लाञ्छित गर्ने मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति
A A+ A-

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले उद्योगी-व्यवसायीप्रति व्यक्त गरेको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रतिनिधि सभाको उद्योग समितिको बुधबारको बैठकमा मन्त्री यादवले एलपी ग्यासको आपूर्ति व्यवस्था र उद्योगी-व्यवसायीका सन्दर्भमा दिएको मन्तव्य आपत्तिजनक र गैरजिम्मेवार रहेको महासंघको ठहर छ।

ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गर्नुपर्ने समयमा मन्त्रीबाट ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्ने अभिव्यक्ति आउनु दुःखद् भएको महासंघले उल्लेख गरेको छ।

भोटेकोशीमा आएको बाढी र पृथ्वी राजमार्गको पहिरोका कारण ढुवानीमा समस्या भइरहेको यथार्थबीच यस्तो भनाइले संकटको समयमा सरकारसँग सहकार्य गरिरहेका व्यवसायीको मनोबल गिराउने महासंघको भनाइ छ।

महासंघले मन्त्रीको अभिव्यक्तिले सरकार र निजी क्षेत्रबीचको विश्वासमा नकारात्मक असर पुग्ने चेतावनी दिएको छ। ग्यास उद्योगको संख्या बढी रहेको र उद्योग खारेज गर्नुपर्ने मन्त्रीको धारणा यथार्थपरक नभएको महासंघको स्पष्टोक्ति छ।

सरकारले अभिभावकीय र सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै महासंघले लगानीको सुरक्षा र प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्न सरकारलाई स्मरण गराएको छ।

त्यस्तै, कर्मचारीतन्त्र र निजी क्षेत्रबीच अनुचित मिलेमतो हुने गरेको भन्ने मन्त्रीको भनाइप्रति पनि महासंघले असन्तुष्टि व्यक्त गरेको छ। नीति निर्माणका क्रममा सरोकारवालासँग छलफल गर्नु अनुचित नहुने महासंघको तर्क छ। नेपालमा उद्योग सञ्चालन गर्न गाह्रो छ भन्ने मन्त्रीकै स्वीकारोक्तिले विद्यमान चुनौतीहरू पुष्टि गरेको भन्दै महासंघले दोषारोपणभन्दा नीतिगत सुधारमा केन्द्रित हुन सरकारलाई आग्रह गरेको छ।

स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा कम्तीमा दुई तहको फरक हुनुपर्ने माग महासंघले दोहोर्‍याएको छ।

सरकार र निजी क्षेत्र एकअर्काका प्रतिस्पर्धी नभई आर्थिक विकासका साझेदार भएकाले आपसी विश्वास र संवाद आवश्यक रहेको महासंघले विज्ञप्तिमार्फत जनाएको छ। मुलुकको आर्थिक संकट समाधानका लागि टकराव होइन सहकार्य आवश्यक रहेको महासंघको जोड छ।

2