udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

इरान-अमेरिका तनावले बढ्यो तेलको मूल्य

इरान-अमेरिका तनावले बढ्यो तेलको मूल्य
A A+ A-

तेहरान। हर्मुज जलमार्गमा इरानले दर्जनौँ जहाजमाथि आक्रमण गरेपछि बढेको इरान-अमेरिका तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ। बिहीबार एसियाली बजारमा ब्रेन्ट क्रुडको मूल्य १०१.२८ डलर पुगेको छ, जुन जुलाई महिनायताकै उच्च हो।

इरानको रिभोलुसनरी गाड्र्सले हर्मुज जलमार्गमा दुई अमेरिकी जहाज, आठ तेल ट्याङ्कर र १० अन्य जहाजमा आक्रमण गरेको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। इरानले फेब्रुअरी २८ देखि उक्त जलमार्गमा यातायात प्रतिबन्धित गर्दै नो-गो जोन विस्तार गरेको छ। गाड्र्सका प्रवक्ता हुसेन मोहेबीले निर्धारित समन्वयबिना प्रवेश गर्ने जुनसुकै जहाज आफ्नो प्रतिबन्धको अधीनमा रहने चेतावनी दिनुभएको छ। इरानले यस जलमार्ग प्रयोग गर्न अनुमति र शुल्क अनिवार्य गरेको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धमा अमेरिकाले जित हासिल गरेपछि तेलको मूल्य घट्ने दाबी गर्नुभएको छ। उहाँले हर्मुज जलमार्गको नाम परिवर्तन गरेर ‘ट्रम्प स्ट्रेट’ राख्ने प्रस्ताव दोहोर्‍याउँदै युद्ध नोभेम्बरको मध्यावधि चुनावपछि समाप्त हुने बताउनुभयो। यद्यपि, वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकी अधिकारीहरूले युद्ध अझै दुई वर्ष लम्बिन सक्ने चेतावनी दिएका छन्।

इरानी गाड्र्सले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको बताएको छ, जसको जवाफमा जोर्डनको सेनाले १८ वटा क्षेप्यास्त्र खसालेको थियो। इरानले लेबनानबाट इजरायली सेना फिर्ता, यमनको नाकाबन्दी अन्त्य, फ्रिज गरिएको इरानी सम्पत्ति फुकुवा र आणविक कार्यक्रममा हस्तक्षेप नगर्ने सर्त पूरा भए युद्ध अन्त्य हुन सक्ने जनाएको छ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले इरानको आणविक कार्यक्रमलाई लिएर संयुक्त राष्ट्र सुरक्षा परिषदमा पठाउने प्रस्ताव २३-३ मतले पारित गरेको छ। रुस, चीन र नाइजरले यसको विपक्षमा मतदान गरेका थिए। इरानले भने यो कदम अमेरिकी दबाबमा चालिएको भन्दै यसले कुनै परिणाम नल्याउने प्रतिक्रिया दिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने इरानी शासन पतनको नजिक रहेको दाबी गर्नुभएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action