काठमाडौं। प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि राहत सामग्री उपलब्ध गराएको छ। बैंकले प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग प्रदान गरेको हो।
बैंकका प्रमुख बजार व्यवस्थापक दीपेन्द्रबाबु विष्टले बिहीबार जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। बाढीका कारण घरबारविहीन भएका परिवारलाई लक्षित गरी सो राहत वितरण गरिएको बैंकले जनाएको छ।
यसअघि प्रभु बैंकले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको थियो। बैंकले बाढीका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीनको उद्धार र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
