udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाँकेका विद्यालयबाट बाढी पीडितलाई ६५ लाख सहयोग

बाँकेका विद्यालयबाट बाढी पीडितलाई ६५ लाख सहयोग
A A+ A-

नेपालगन्ज। भोटेकोसी बाढीबाट प्रभावितका लागि बाँकेका विद्यालयहरूले ६५ लाख रुपैयाँ सहयोग गरेका छन्। विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय सञ्चालकहरूको स्वतःस्फूर्त सहभागितामा उक्त रकम संकलन गरिएको हो। सिद्धार्थ विद्या सदनमा कक्षा ९ मा अध्ययनरत छात्रा मानसी साहुले आफ्नो खाजा खर्च कटाएर दुई हजार रुपैयाँ सहयोग गरिन्। उनको विद्यालयका विद्यार्थीहरूले मात्रै १८ हजार रुपैयाँ संकलन गरेका थिए भने विद्यालयबाट कुल एक लाख दुई हजार छ सय ५७ रुपैयाँ उठेको छ।

सिद्धार्थ विद्या सदनका प्रिन्सिपल प्रवीण गिरीले विद्यार्थीहरूले बाढीको अवस्था देखेर पीडा महसुस गर्दै सहयोगका लागि इच्छा देखाएको बताए। बाढीपछि बाँकेका ७७ वटा निजी तथा आवासीय विद्यालयले औपचारिक कार्यक्रमहरू स्थगित गरी सहयोग अभियानमा जोडिएका छन्। प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यका अनुसार संकलित रकममध्ये ५३ लाख ४१ हजार चार सय छ रुपैयाँ प्याब्सन बाँकेलाई हस्तान्तरण गरिएको छ। बाँकी रकम केही विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै जम्मा गरेका छन्।

प्याब्सन केन्द्रीय प्राज्ञिक परिषद् सदस्य डा. राजेश केशर खनालले जिल्लाबाट संकलित रकम प्याब्सन केन्द्रीय समितिको खातामा जम्मा गरी देशभरबाट प्राप्त रकम एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने तयारी रहेको जानकारी दिए। प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार ऋषिकेश जिसीले विपद्को घडीमा विद्यार्थीहरूले खाजा खर्च कटाएर गरेको सहयोगले उनीहरूको संवेदनशीलता झल्काएको बताए। प्याब्सनले देशभरबाट १० करोड रुपैयाँ संकलन गरी सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य राखेको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action