udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

काठमाडौंमा ग्यासको अभाव : आपूर्ति बढे पनि बजारमा किन छैन ?

काठमाडौंमा ग्यासको अभाव : आपूर्ति बढे पनि बजारमा किन छैन ?
A A+ A-

काठमाडौं। काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति बढेको सरकारी तथ्यांकले देखाए पनि बजारमा भने अभाव कायमै छ। नेपाल आयल निगमका अनुसार पछिल्लो समय ग्यासको आयात मागभन्दा बढी भइरहेको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार साउन महिनामा मात्र ५७ हजार मेट्रिकटन ग्यास नेपाल भित्रिएको छ। भदौ १८ गतेयता काठमाडौंमा मात्र दैनिक २४ हजारभन्दा बढी सिलिन्डर भित्रिएको निगमको दाबी छ।

निगमका अनुसार नेपालभर मासिक औसत ४५ देखि ४६ हजार मेट्रिकटन ग्यासको माग छ। यद्यपि, बजारमा विगत ६ महिनादेखि ग्यासको चरम अभाव देखिएको छ। आपूर्ति बढे पनि बजारमा ग्यास नदेखिनुका पछाडि तीनवटा मुख्य कारण औंल्याइएका छन्। पहिलो, भारतबाट हुने आपूर्तिमा देखिएको असहजता। निगमले मासिक ६० हजार मेट्रिकटन माग गरे पनि भारतीय आयल कर्पोरेसन (आईओसी) ले ५७ हजार मेट्रिकटन मात्र पठाएको छ।

दोस्रो, निगमदेखि वितरकसम्मको बदमासी। बजारमा कृत्रिम अभाव सिर्जना गरेर प्रतिसिलिन्डर ३ हजार रुपैयाँसम्ममा कालोबजारी भइरहेको आरोप छ। यही विषयमा कडा अभिव्यक्ति दिएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिनुपरेको थियो। सरकारले बजार अनुगमनका लागि ‘कमाण्ड पोस्ट’ गठन गरे पनि त्यसको प्रभावकारिता परीक्षणकै चरणमा छ।

तेस्रो, उपभोक्ताको व्यवहार। बजारमा अभावको हल्ला चल्नेबित्तिकै उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर सञ्चय गर्दा समस्या थपिएको छ। निगमका अनुसार कतिपय परिवारले ४-५ वटा सिलिन्डर होल्ड गरेर राखेका छन्, जसका कारण सामान्य उपभोक्ताले ग्यास पाउन सकेका छैनन्। राज्यले आपूर्तिको व्यवस्थापन गर्न नसक्नु र नागरिकमा सचेतनाको कमी हुनुले काठमाडौं ग्यासका लागि ‘ब्ल्याक होल’ जस्तै बनेको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action