काठमाडाैं। विश्वका चर्चित फास्टफुड ब्राण्ड केएफसी र पिज्जा हटले बाढी प्रभावितहरूका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन्। नेपालमा देवयानी इन्टरनेशनल प्रालिद्वारा सञ्चालित यी दुई कम्पनीले बाढीपीडितको सहयोगार्थ ३१ लाख रूपैयाँ प्रदान गरेका हुन्।
पिज्जा हटका प्रतिनिधिले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन्। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि सरकारले राहत तथा उद्धारका लागि सार्वजनिक अपिल गरेको थियो। सरकारको आह्वानपछि विभिन्न व्यक्तिगत तथा संस्थागत क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ। राष्ट्रिय स्तरका साथै बहुराष्ट्रिय कम्पनीहरूले पनि सरकारलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन्।
