काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि वरुण बेभरेजका कर्मचारीले आफ्नो एक दिनको तलब सहयोग गरेका छन्। नेपालका लागि पेप्सीकोलाको आधिकारिक उत्पादक तथा वितरक वरुण बेभरेजमा कार्यरत कर्मचारीहरूले उक्त रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले कर्मचारीले स्वस्फूर्त रूपमा यो आर्थिक सहयोग जुटाएका हुन्। यसअघि वरुण बेभरेज नेपाल प्रालिले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरिसकेको छ।
