काठमाडौं। साओमी नेपालले रसुवाको भोटेकोसी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उपलब्ध गराएको हो।
बाढी र पहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको साओमी नेपालले जनाएको छ। सहयोग रकम रमेशकर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल, भत्सल इम्पेक्सका निर्देशक नितेशकुमार मद्रा र साओमी नेपालका बिक्री तथा वितरण प्रमुख दिनेश राईले अर्थमन्त्रीलाई हस्तान्तरण गरेका थिए।
सो अवसरमा कम्पनीका प्रतिनिधिहरूले विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै सरकारी राहत र पुनःस्थापनाका प्रयासमा आफ्नो साथ रहने प्रतिबद्धता जनाएका थिए। साओमी नेपालले ‘नेपालसँगै, नेपालका लागि’ भन्ने भावनासहित आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिने बताएको छ।
