Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भोटेकोसी बाढी: १,३८५ को मृत्यु, पुनर्निर्माणमा ६ खर्ब ४० अर्ब लाग्ने

भोटेकोसी बाढी: १,३८५ को मृत्यु, पुनर्निर्माणमा ६ खर्ब ४० अर्ब लाग्ने
A A+ A-

काठमाडौं। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको १७औँ दिनसम्म १ हजार ३ सय ८५ जनाको शव फेला परेको छ भने ५ हजार १ सय ३० जना अझै बेपत्ता रहेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पत्रकार सम्मेलनमार्फत बेपत्ता हुनेहरूमा ३५ देशका करिब ६ सय विदेशी नागरिकसमेत रहेको जानकारी दिए। हालसम्म बाढीग्रस्त क्षेत्रबाट ३२० भन्दा बढी विदेशीसहित १३ हजार ६ सय ७६ जनाको जीवितै उद्धार गरिएको छ।

प्रवक्ता क्षेत्रीले शवहरूको वैज्ञानिक पहिचानका लागि भारत, चीन, जापान, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक विज्ञहरूले नेपाल प्रहरीसँग मिलेर डीएनए संकलन गरिरहेको बताउनुभयो। कानुनी प्रक्रिया पूरा गरी शवहरूलाई अस्थायी रूपमा समाधिस्थ गर्ने काम भइरहेको छ।

सरकारले सार्वजनिक गरेको ‘द्रुत क्षति तथा आवश्यकता मूल्यांकन’ प्रतिवेदनअनुसार बाढीबाट २ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पुगेको छ भने १ खर्ब १८ अर्ब रुपैयाँको आर्थिक नोक्सानी भएको छ। समग्र पुनर्निर्माण र पुनरुत्थानका लागि कुल ६ खर्ब ४० अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ। आगामी ६ महिनाभित्र गरिने अल्पकालीन पुनर्निर्माणका लागि मात्रै ५ करोड ७६ लाख अमेरिकी डलरभन्दा बढी बजेट आवश्यक पर्ने मन्त्रालयले जनाएको छ।

बाढीले पुरिएका जलविद्युत् आयोजनाका सुरुङभित्र खोजी गर्न नेपाली सेनासँगै भारत, चीन र दक्षिण कोरियाका विशेष टोलीहरू खटिएका छन्। यसबाहेक यूएई, मलेसिया र अस्ट्रेलियाका टोलीले पनि खोजी कार्यमा सहयोग गरिरहेका छन्। सीमावर्ती क्षेत्रबाट तातोपानी नाका हुँदै हालसम्म ७६८ जना नेपालीलाई सकुशल स्वदेश फिर्ता गराइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले मित्रराष्ट्रका सरकार प्रमुखहरूसँग निरन्तर संवाद गरिरहेको छ। सरकारले अन्तर्राष्ट्रिय समुदायसँग उच्च क्षमतायुक्त ड्रोन, लिडार प्रणाली, बेली ब्रिज र डीएनए परीक्षण किटलगायतका सामग्री सहयोग गर्न औपचारिक आग्रह गरेको छ। देवीघाटस्थित तादी नदीमा एक्रो ब्रिज जडान गरी यातायात सञ्चालनमा ल्याइएको छ भने सडक, सञ्चार र विद्युत् सेवा सुचारु गर्न युद्धस्तरमा काम भइरहेको प्रवक्ता क्षेत्रीले बताए।

2