Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
A A+ A-

काठमाडौं। बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।

बागमती र कर्णाली प्रदेशका विभिन्न जिल्लामा सडक आवागमन प्रभावित भएको छ।

बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा बाढीको जोखिमलाई ध्यानमा राख्दै निश्चित समयका लागि सवारी आवागमनमा रोक लगाइएको छ।

वैकल्पिक व्यवस्थासहित सवारी सञ्चालनका लागि समय निर्धारण गरिएको छ। रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टे क्षेत्रमा त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। रसुवाकै मुख्य राजमार्गमा पनि अर्को सूचना नभएसम्मका लागि सडक पूर्णरूपमा अवरुद्ध रहेको छ।

नुवाकोटको टोखा-छहरे र पासाङल्हामु सडकखण्डमा बाढी र पहिरोले आवागमन प्रभावित भएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिकाका विभिन्न स्थानमा पहिरोका कारण पृथ्वी राजमार्ग प्रभावित भएको छ। केही स्थानमा पूर्णरूपमा सडक अवरुद्ध भए पनि केही खण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

चितवनमा समेत पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट-रोराङ क्षेत्र प्रभावित भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध छ।

कर्णाली प्रदेशतर्फ कालिकोटको शुभकालिका गाउँपालिका-१ मा कर्णाली राजमार्ग पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ।

सडक अवरोधका कारण यात्रामा निस्कने सर्वसाधारणलाई सम्बन्धित सडकखण्डको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा स्थानीय प्रशासन र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

2