काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक सेयर बिक्रीमा आउने भएको छ।
कम्पनीका संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको उक्त परिमाणको सेयर बिक्री गर्न लागेको हो।
बैंकले रिलायबल नेपाल लाइफमा रहेको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएको जनाएको छ। बैंकको स्वामित्वमा रहेको ठूलो परिमाणको संस्थापक सेयर बिक्रीमा आउन लागेको हो।
यससँगै रिलायबल नेपाल लाइफको संस्थापक सेयर स्वामित्व संरचनामा परिवर्तन हुन सक्नेछ। बिक्री प्रक्रिया, सेयरको मूल्य र खरिदकर्तासम्बन्धी थप विवरण भने सार्वजनिक हुन बाँकी छ।
