Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

विश्व बैङ्क समूहको ‘नेपाल साझेदारी कार्यढाँचा’ सार्वजनिक

विश्व बैङ्क समूहको ‘नेपाल साझेदारी कार्यढाँचा’ सार्वजनिक
अ+ अ-

काठमाडौँ, जेठ ३१ गते । विश्व बैङ्क समूहले नेपाल साझेदारी कार्यढाँचा (कन्ट्री पार्टनरसिप फ्रेमवर्क फर नेपाल–२०२५–२०३१) सार्वजनिक गरेको छ । आगामी सात वर्षका लागि नेपालमा विश्व बैङ्क समूहको प्रस्तावित रणनीतिक साझेदारी तथा सहकार्यको योजनासहित कार्यढाँचा ल्याइएको हो ।

कार्यढाँचा सार्वजनिक गर्न राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कार्यढाँचा नेपालको १६ औँ योजनासँग मेल खाने र नेपालको संरचनात्मक आर्थिक रूपान्तरणमार्फत विकास, सुशासन, सामाजिक न्याय तथा समृद्धिका लागि आवश्यक मार्गचित्र प्रस्तुत गर्ने गरी तयार पारिएको बताउनुभयो ।

यसले समावेशी आर्थिक वृद्धि, उत्पादनशील रोजगारी, प्रतिस्पर्धात्मकता अभिवृद्धि, दिगो सामाजिक सुरक्षा र जलवायु उत्थानशीलता जस्ता नेपालका प्रमुख प्राथमिकतालाई समर्थन गर्ने अर्थमन्त्री पौडेलको भनाइ थियो ।

“यो कार्यढाँचा नेपालले सामना गरिरहेका रोजगारी सिर्जना र विपत् उत्थानशीलता अभिवृद्धि गर्ने तथा हाम्रा नागरिक, विशेष गरी कमजोर वर्गको जीवनस्तर सुधार गर्ने प्रमुख चुनौतीमा केन्द्रित रहेको भन्ने लागेको छ,” अर्थमन्त्री पौडेलले भन्नुभयो, “यसको कार्यान्वयनले नेपालको व्यावसायिक वातावरण सुधार, पूर्वाधारको विकास र पर्यटन प्रवर्धन तथा शिक्षा र सिप अभिवृद्धिमा प्रत्यक्ष योगदान पु¥याउने विश्वास छ ।”

पूर्वाधार र डिजिटल पहुँच वृद्धिमा गरिने लगानीले आर्थिक वृद्धि, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा नागरिकको सङ्कट उत्थानशीलता वृद्धि गर्न सहयोग पुग्ने र समुदायलाई आर्थिक र सामाजिक जीवनमा अझ सक्रिय रूपमा सहभागी गराउने आशा गर्न सकिने अर्थमन्त्री पौडेलको भनाइ थियो ।

त्यस्तै प्राकृतिक प्रकोप र जलवायु परिवर्तनप्रति अत्यधिक संवेदनशील देशका रूपमा नेपालले विपत्को तयारी, जोखिम न्यूनीकरण र स्रोतको दिगो उपयोगमा प्राथमिकता दिनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

सार्वजनिक संस्थाको सुदृढीकरण, जवाफदेहिता र प्रभावकारितामा कार्यढाँचाले जोड दिनु सकारात्मक रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बलियो संस्थाले मात्र विकास लक्ष्यलाई वास्तविक रूपमा रूपान्तरण गर्न सक्ने बताउनुभयो । सार्वजनिक वित्त व्यवस्थापन, खरिद प्रणाली र वातावरणीय तथा सामाजिक सुरक्षामा सुधार गर्न विश्व बैङ्क समूहसँग सहकार्य गर्न नेपाल प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

विश्व बैङ्क समूहका प्रबन्ध निर्देशक वेनचाई झाङले आन्तरिक रोजगारी सिर्जना गरी आर्थिक वृद्धि हासिल गर्ने र प्राकृतिक प्रकोपप्रति सहनशीलता, जलवायु परिवर्तनद्वारा सृजित जोखिम न्यूनीकरण जस्ता विषयलाई प्राथमिकतामा राखेर यो कार्यढाँचा ल्याइएको बताउनुभयो । यस कार्यढाँचाका योजना तथा कार्यक्रम नेपालको १६ औँ आवधिक योजना (आव २०८१/८२–२०८५/८६) सँग समन्वय हुने गरी ल्याइएको उहाँको भनाइ थियो ।

नेपालको विकास आवश्यकतासमेतलाई हेरेर १६ औँ योजनासँग समन्वय हुने गरी विश्व बैङ्कले यो कार्यढाँचा ल्याएको छ । “नेपालको विकास लक्ष्य र आवश्यकता अनुसार रोजगार सिर्जना गर्ने, दिगो आर्थिक वृद्धि, चरम गरिबी अन्त्य, दिगो पूर्वाधार विकास जस्ता विषयलाई कार्यढाँचाले प्राथमिकतामा राखेको छ,” प्रबन्ध निर्देशक झाङले भन्नुभयो ।

नेपाल, मालदिभ्स र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले नेपालको विकास आवश्यकतासँग समन्वय र सहकार्य हुने गरी यो कार्यढाँचा आएको तथा यसले रोजगारी सिर्जनालाई केन्द्रमा राखेको बताउनुभयो । कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत योगदान रेमिट्यान्सबाट रहेको र अनौपचारिक बेरोजगारी समस्याका रूपमा रहेकाले यसलाई कसरी आन्तरिक उत्पादन बढाएर सुधार गर्दै जाने भन्नेतर्फ मार्गदर्शन गर्न कार्यढाँचा उपयोगी हुने उहाँको भनाइ थियो ।

नेपालका दिगो पूर्वाधार निर्माणसँगै निजी क्षेत्रले नेतृत्व गरेको पर्यटन क्षेत्र विकास गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस्तै अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का दक्षिण एसिया क्षेत्रीय निर्देशक इमाद फाकुरीले नेपालको हकमा आर्थिक विकास र प्रवर्धनका लागि निजी क्षेत्रलाई प्रवर्धन गर्ने र व्यवसाय गर्ने वातावरण सहज बनाइनुपर्ने धारणा व्यक्त गर्नुभयो । त्यस्तै साना तथा मझौला उद्योगलाई प्रवर्धन गरिनुपर्ने पनि उहाँको भनाइ थियो ।

2