udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आज कति छ तरकारी र फलफूलको मूल्य ?

आज कति छ तरकारी र फलफूलको मूल्य ?
A A+ A-

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ।

समितिका अनुसार आज बजारमा डल्ले च्याउको मूल्य प्रतिकिलो १ सय रुपैयाँले बढेको छ। आज डल्ले च्याउको औसत मूल्य प्रतिकिलो ५ सय ७५ रुपैयाँ कायम भएको छ, जुन हिजो ४ सय ७५ रुपैयाँ थियो। यद्यपि, केही तरकारीको मूल्यमा भने गिरावट आएको छ।

समितिको तथ्यांक अनुसार आज भिन्डीको मूल्य प्रतिकिलो ५५ रुपैयाँ र स्कुसको मूल्य २० रुपैयाँ कायम भएको छ। हिजो भिन्डी ६५ रुपैयाँ र स्कुस २५ रुपैयाँमा कारोबार भएको थियो।

अन्य तरकारीको मूल्यमा पनि सामान्य हेरफेर देखिएको छ। आज ठूलो नेपाली गोलभेँडा ७५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ८५ रुपैयाँ, सानो लोकल गोलभेँडा ४३ रुपैयाँ र रातो आलु ५३ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।

त्यस्तै, भारतीय सुकेको प्याज ९२ रुपैयाँ, लोकल गाँजर १ सय १० रुपैयाँ, लोकल बन्दा ३६ रुपैयाँ र स्थानीय काउली ९९ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।

हरियो तरकारीतर्फ तनेबोडी ६८ रुपैयाँ, मकै बोडी १ सय १ रुपैयाँ, घिउ सिमी ९५ रुपैयाँ, करेला ६५ रुपैयाँ, लौका ६५ रुपैयाँ, लोकल परबल ७५ रुपैयाँ र घिरौँला ५५ रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ।

हरियो डल्ले फर्सी ३५ रुपैयाँ, पाकेको फर्सी ६५ रुपैयाँ, रायोको साग १ सय २५ रुपैयाँ, पालुंगोको साग १ सय ७५ रुपैयाँ, कन्य च्याउ २ सय २५ रुपैयाँ र कुरिलो ४ सय ५० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action