Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

श्रीनगर बसपार्क निर्माण सम्पन्न, औपचारिक सञ्चालनको पर्खाइमा

श्रीनगर बसपार्क निर्माण सम्पन्न, औपचारिक सञ्चालनको पर्खाइमा
अ+ अ-

सल्यान- नयाँ आर्थिक वर्ष २०८२-०८३ को प्रारम्भदेखि सल्यानमा आधुनिक बसपार्क सञ्चालनमा आउनेभएको छ । शारदा नगरपालिकालेको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा निर्माण सम्पन्न भएको यो बसपार्कलाई औपचारिक सञ्चालनको तयारी थालिएको हो ।

श्रीनगर आधुनिक बसपार्क निर्माणमा हालसम्म पाँच करोड ६० लाख रुपियाँ लगानी गरिएको जनाउँदै शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले नयाँ आर्थिक वर्षको प्रारम्भदेखि नै बसपार्क औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी रहेको बताउनुभयो ।

श्रीनगर बसपार्क सञ्चालनका सन्दर्भमा नगरपालिकाले विभिन्न यातायात व्यवसायीहरू सँग छलफल गरिसकेको छ । श्रीनगर बसपार्कमा सहज यातायात व्यवस्थापन र सञ्चालनका लागि पार्किङ, टिकट घर सञ्चालन र लाग्ने शुल्कका विषयमा सल्यान रुकुम यातायात व्यवसायी समिति, सल्यान मिनी माइक्रो यातायात प्रालि, शारदा यातायात प्रालि, आरएस यातायात प्रालि, शिव गुफा यातायात प्रालिका पदाधिकारीहरुसंग महत्त्वपूर्ण छलफल गरिएको नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०८०-०८१ बाट निर्माण सुरु गरिएको यो बसपार्क करिब सात हजार वर्ग मिटर क्षेत्र सरकारीप्रति ऐलानीमा फैलिएको छ । बसपार्क क्षेत्रमा दुई वटा १७–१७ कोठाका व्यापारिक महल तयार भइसकेका छन् । जस अन्तर्गत ३५ वटा व्यापारिक स्टल र ३४ वटा छुट्टाछुट्टै सटर छन् । व्यापारिक भवनसँगै सार्वजनिक शौचालय, गेट, पार्किङ, फुटपाथ, नाला लगायतका संरचना तयार गरिएको नगरपालिकाका इन्जिनियर खकेन्द्र मल्लले जानकारी दिनुभयो ।

नगरपालिकाको दीर्घकालीन योजनाको रूपमा रहेको आधुनिक बसपार्क नेपाल सरकार, कर्णाली प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले निर्माण गरेको प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले जनाउनुभयो । यसलाई दीर्घकालीन आम्दानीको स्रोतका रूपमा विकास गर्ने योजना बनाएको प्रमुख उहाँको भनाइ छ । “व्यापारिक सटर, स्टल र महलहरू भाडामा दिएर नियमित आम्दानी लिन सकिन्छ । यसबाट उठ्ने राजस्व नगरको अन्य विकास योजनामा लगानी गर्न सकिन्छ,” देवकोटाले भन्नुभयो ।

जिल्लाकै व्यस्त बजारको रूपमा रहेको श्रीनगर बजार क्षेत्रको अव्यवस्थित पार्किङको व्यवस्थापनमा सघाउ पुग्ने साथै व्यापार, व्यवसायमा समेत टेवा पुग्ने नगरप्रमुख भण्डारीको अपेक्षा छ । उहाँले भन्नुभयो, “नगरलाई आर्थिक आम्दानीको स्रोत सृजनाका लागि पनि बसपार्कले मद्दत गर्नेछ । सवारीसाधन र आर्थिक रूपमा चलायमान बनाउन यसले भूमिका खेल्नेछ ।” बसपार्क बनाउने क्रममा जग्गा खाली गराउँदा विस्थापित भएका व्यवसायीलाई पहिलो प्राथमिकतामा राखेर स्टल वितरण गर्ने योजना रहेको नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा सुनारले बताउनुभयो ।

आधुनिक बसपार्कले यातायात व्यवसायमा ठुलो परिवर्तन ल्याउने सल्यान रुकुम यातायात प्रालिका अध्यक्ष अरविन्द कुमार राईको अपेक्षा छ । यद्यपि उहाँले बसपार्क निर्माण गरेर मात्र नहुने भन्दै यसको दिगोपना, सुरक्षा, नियमित सरसफाइ जस्ता कुरामा ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । गाडी, यात्रु र सामानको सुरक्षा, उचित व्यवस्थापनका लागि नगर प्रहरी सँगै अन्य राज्यका सुरक्षा निकायसँग प्रभावकारी समन्वयको खाँचो औँल्याउनुभयो । यस्तै शारदा यातायात प्रालिका उपाध्यक्ष कर्णबहादुर बस्नेतले बसपार्क सञ्चालन गरेर त्यहीँ भित्रबाट नै सम्पूर्ण गाडीहरू छुट्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । आधुनिक बसपार्कको निर्माणले यातायात सेवामा गुणात्मक सुधार ल्याउन अपेक्षासहित बस्नेतले यात्रु तानातान कम हुने, बिच बाटो तथा बजारबाट गाडी चढ्ने र क्षमताभन्दा बढी यात्रु राख्ने जस्ता समस्या हल हुने विश्वास व्यक्त गर्नुभयो ।

आधुनिक बसपार्कले श्रीनगरलाई सौन्दर्यीकरणसँगै थप व्यापारिक आकर्षण बढाउने स्थानीय व्यापारीहरूले जनाएका छन् । उनीहरूका अनुसार बसपार्कले यातायातको सहज व्यवस्थापन गर्दै व्यापार विस्तारका लागि नयाँ अवसरहरू सिर्जना गरेको छ । यात्रुहरूलाई पनि सहजता थपिनेछ भने यातायातको गुणस्तरमा सुधार ल्याउनेछ ।

2