Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

अटो र ब्याट्री रिक्साले बाँकेका युवालाई स्वदेशमै स्वरोजगार

अटो र ब्याट्री रिक्साले बाँकेका युवालाई स्वदेशमै स्वरोजगार
A A+ A-

नेपालगन्ज। केही वर्षअघिसम्म वैदेशिक रोजगारीलाई एकमात्र विकल्प मान्ने बाँकेका युवाहरूको सोचमा पछिल्लो समय परिवर्तन आएको छ। हातमा सीप नहुँदा पनि आफ्नै गाउँ-सहरमा अटो र ब्याट्री रिक्सा चलाएर आम्दानी गर्न सकिने भएपछि धेरै युवा विदेशिने बाध्यताबाट मुक्त भएका छन्।

बाँकेका सहरी तथा ग्रामीण क्षेत्रमा अटो र ब्याट्री रिक्साको संख्या बढेसँगै यो पेसा बेरोजगार युवाका लागि स्वरोजगारको प्रमुख आधार बनेको छ। डुडुवा गाउँपालिकाका नरेश यादव तीन वर्ष विदेशमा दुःख गरेर फर्केपछि पुनः विदेश जाने तयारीमा हुनुहुन्थ्यो। तर नेपालमै अटो चलाएर राम्रो आम्दानी हुन थालेपछि उहाँले विदेश जाने योजना त्याग्नुभयो। उहाँ भन्नुहुन्छ, ‘विदेशमा दुःख गरेर कमाएको पैसा यहाँ अटो चलाएर कमाउन थालेपछि फेरि अर्काको देशमा गएर दुःख किन गर्ने भन्ने लाग्यो।’

त्यस्तै, नेपालगन्ज-११ का नन्कु शेषले पनि रोजगारी नपाएपछि विदेश जाने सोच बनाउनुभएको थियो। आफन्तको सल्लाहमा ब्याट्री रिक्सा चलाउन सुरु गर्नुभएका शेष अहिले मासिक ३० देखि ४० हजार रुपियाँसम्म कमाइरहनुभएको छ। उहाँले विदेश जाने सोच आफ्नो दिमागबाट हटाइसकेको बताउनुभयो। कोहलपुर-३ का लौटन थारुले पनि अटो रिक्सा खरिद गरी ग्रामीण क्षेत्रमा यात्रु सेवा दिँदै आएका छन्। यसले छोटो दूरीको यातायातमा सहजता ल्याउनुका साथै उहाँका लागि आम्दानीको स्रोत बनेको छ।

व्यवसायीहरूका अनुसार बाँकेमा करिब १५ हजार युवाले अटो तथा ब्याट्री रिक्सालाई रोजगारीको माध्यम बनाएका छन्। नेपालगन्जस्थित शादाब इन्टरप्राइजेजका सञ्चालक कामरान राईले हालसम्म १२ हजारभन्दा बढी ब्याट्री रिक्सा बिक्री भइसकेको जानकारी दिनुभयो। रिक्सा खरिद गर्ने अधिकांश ग्राहक बेरोजगार युवा छन्। यसले स्थानीय स्तरमा स्वरोजगार सिर्जना गरिरहेको छ। विशेषगरी ब्याट्री रिक्साले पुरुष मात्र नभई महिलालाई समेत रोजगारीको अवसर दिएको छ।

2