Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

न्यु बुटवल सबस्टेसन जोड्ने १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न

न्यु बुटवल सबस्टेसन जोड्ने १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न
A A+ A-

काठमाडौं। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले ४०० केभी न्यु बुटवल सबस्टेसनलाई नेपाल-भारत सीमासँग जोड्ने १८ किलोमिटर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अनुरोधमा एमसीए-नेपालले तोकिएको समयसीमाभित्रै यस खण्डको निर्माण कार्य पूरा गरेको हो।

नवलपरासीस्थित न्यु बुटवल सबस्टेसनमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसीए-नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले यो उपलब्धि नेपालको विद्युत् पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा सञ्जाल विस्तारका लागि महत्वपूर्ण भएको बताए। उनले नेपालको विकासका लागि अमेरिकी सरकार र एमसीसीको सहयोगप्रति आभार व्यक्त गरे।

ऊर्जा मन्त्रालयका सह-सचिव सुनिल पौडेलले नेपालले आफ्नो विद्युत् उत्पादन र प्रसारण क्षमतालाई निरन्तर बलियो बनाउँदै लगेको र यो प्रसारण लाइन त्यसको अभिन्न अङ्ग भएको बताए। नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पनि यस कार्यको सराहना गर्दै दुई देशबीचको विद्युत् सञ्जाल सुदृढ हुने विश्वास व्यक्त गरे।

एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले सरकारको प्राथमिकता अनुसार छोटो समयमै स्रोतसाधन एकीकृत गरी काम सम्पन्न गरेको जानकारी दिए। एमसीसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्कोले स्थानीय समुदाय, नेपाल सरकार र आयोजनासँग सम्बन्धित सबै पक्षको सहयोगका लागि धन्यवाद दिइन्।

यो १८ किलोमिटर खण्ड एमसिए-नेपालको बृहत् विद्युत् प्रसारण आयोजनाको हिस्सा हो। यस आयोजना अन्तर्गत कुल ३१५ किलोमिटर लामो उच्च-भोल्टेजयुक्त प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माण गर्ने लक्ष्य छ। नेपालतर्फको खण्ड पूरा भएपछि अब सीमापार विद्युत् प्रवाह र आवश्यक स्वीकृति प्रक्रियाका बाँकी काम अघि बढाइनेछ। यो आयोजना नेपालमा विद्युत् उपलब्धता, विश्वसनीयता, ऊर्जा सुरक्षा र सीमापार व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।

2