काठमाडौं। एथर नेपालले पश्चिम नेपालको विद्युतीय सवारी बजारलाई लक्षित गर्दै नेपालगन्जमा आफ्नो १५औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ। नेपालगन्जको बसपार्क रोडमा स्थापना गरिएको यस नयाँ सेन्टरको उद्घाटन लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले गरेको हो। उद्घाटन कार्यक्रममा पूर्वमन्त्री आदेश अग्रवाल र नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीलगायतको उपस्थिति थियो।
यस विस्तारसँगै एथरको सोरुम सञ्जाल काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगन्ज, धरान र विराटनगरलगायतका प्रमुख सहरमा पुगेको छ। नयाँ सेन्टरमा ग्राहकले एथर ४५० र एथर रिज्टा मोडेलका स्कुटरको प्रविधि बुझ्न, डेमोन्स्ट्रेशन हेर्न र टेस्ट राइड गर्न पाउनेछन्।
एथर नेपालका मार्केटिङ प्रमुख सलमान खानले नेपालगन्ज र समग्र पश्चिम नेपालका ग्राहकलाई विश्वस्तरीय प्रविधि र मोबिलिटी अनुभव प्रदान गर्न पाउँदा उत्साहित रहेको बताए। उनले भने, “हामी नेपालगन्ज र समग्र पश्चिम नेपालका ग्राहकहरूमाझ एथरको विश्वस्तरीय प्रविधि र मोबिलिटी अनुभव साझा गर्न पाउँदा अत्यन्तै उत्साहित छौँ। यो १५औँ एक्सपेरियन्स सेन्टर केवल स्कुटर बिक्री गर्ने ठाउँ मात्र होइन, बरु ग्राहकहरूलाई प्रिमियम राइडिङ, भरपर्दो चार्जिङ पूर्वाधार र उत्कृष्ट आफ्टर्स-सेल्स सपोर्ट सुनिश्चित गर्ने एउटा बलियो केन्द्र हो।”
कम्पनीका अनुसार स्कुटरमा म्याजिक ट्वीस्ट थ्रोटल, स्टेडी क्रुजिङ र भ्वाइस इन्ट्रयाक्सन जस्ता स्मार्ट प्रविधिहरू समावेश छन्। साथै, ग्राहकको विश्वासका लागि ‘एथर्स एइट७०’ ब्याट्री वारेन्टीको सुविधा दिइएको छ। हाल नेपालभर ५० भन्दा बढी फास्ट-चार्जिङ लोकेशन र १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा छन्।
सोरुम सञ्चालक दीपेन्द्र विष्टका अनुसार ३ असोजसम्मका लागि विशेष ओपनिङ स्कीम ल्याइएको छ। यसअन्तर्गत नगद खरिदमा ८ वर्षको विस्तारित ब्याट्री वारेन्टी, किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदर र साटासाटमा थप रु. ८ हजारको मूल्याङ्कन फाइदा उपलब्ध छ।
