udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

केराको राम्रो मूल्य पाउँदा दाङका किसान उत्साहित

केराको राम्रो मूल्य पाउँदा दाङका किसान उत्साहित
फाइल फोटो
A A+ A-

काठमाडौं। चाडपर्वको समयमा केराको उचित मूल्य पाएसँगै दाङका व्यावसायिक केरा उत्पादक किसान उत्साहित भएका छन्। गत वर्ष मूल्य नपाएर निराश बनेका किसानले यस वर्ष भने राम्रो आम्दानी गरिरहेका छन्।

राप्ती गाउँपालिका-७, सिसहनियाका किसान रणप्रसाद सुवेदीले कृष्ण जन्माष्टमीदेखि हालसम्म नौ लाख रुपियाँको केरा बिक्री गरेको बताउनुभयो। सिसहनिया र देउखुरी क्षेत्रमा ३५ बिघा क्षेत्रफलमा खेती गर्दै आएका सुवेदीले जन्माष्टमीमा पाँच लाख र तीजको अवसरमा करिब चार लाख रुपियाँको मालभोग केरा बिक्री गर्नुभएको हो। यद्यपि, गत फागुनमा आएको हावाहुरीका कारण १२ हजार बोट ढल्दा उत्पादनमा भने केही असर परेको छ।

राप्ती केरा प्रवर्धन समूहका अध्यक्षसमेत रहनुभएका सुवेदीका अनुसार बाहिरबाट केरा आयातमा कमी आएकाले स्थानीय उत्पादनले राम्रो मूल्य पाएको हो। उनले भने, “गत वर्ष केराले मूल्य नपाउँदा बारीमै केरा सड्ने अवस्था थियो। यो वर्ष त्यो अवस्था हटेको छ।”

सिसहनियाकै अर्का किसान विद्याबहादुर चौधरीले पनि यस वर्ष आफ्नो उत्पादनबाट तीन लाख रुपियाँ आम्दानी गरेको बताए। सात बिघा जग्गामा केरा खेती गर्दै आएका चौधरीका अनुसार गत वर्ष दर्जनको ७० रुपियाँमा पनि बिक्री नहुने केरा अहिले बारीबाटै एक सय रुपियाँमा बिक्री भइरहेको छ। लमही, भालुवाङ र सिसहनियाका व्यवसायीहरू फार्ममै आएर केरा लैजाने गरेका छन्।

कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लाका ४४७ हेक्टर क्षेत्रफलमा मालभोग र हरिसाल जातको केरा खेती हुँदै आएको छ। यसबाट वार्षिक नौ हजार ९७३ मेट्रिक टन केरा उत्पादन हुने गरेको केन्द्रले जनाएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action