Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

मलेसिया पठाउने २५ म्यानपावर कम्पनीमाथि सरकारद्वारा छानबिन

मलेसिया पठाउने २५ म्यानपावर कम्पनीमाथि सरकारद्वारा छानबिन
A A+ A-

काठमाडौं। वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस) मा आबद्ध २५ वटा म्यानपावर कम्पनीमाथि छानबिन सुरु गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवको निर्देशनपछि विभागले ती कम्पनीको कारोबार, छनोट प्रक्रिया र मलेसिया रोजगारीमा रहेको संलग्नताबारे अनुसन्धान अघि बढाएको हो।

विभागले ती २५ कम्पनीसँग आबद्ध वा सहयोगीका रूपमा रहेका थप २५० कम्पनीसँग पनि स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाएको छ। विभागकी निर्देशक विन्दा आचार्यका अनुसार छानबिन नसकिँदासम्म यी कम्पनीहरूले मलेसियाका लागि नयाँ पूर्वस्वीकृति प्रक्रिया अघि बढाउन पाउने छैनन्।

तर, यसअघि नै श्रम स्वीकृति लिइसकेका श्रमिकको हकमा भने कुनै बाधा नपर्ने विभागले जनाएको छ। वैदेशिक रोजगार व्यवसायी सङ्घले लामो समयदेखि मलेसिया रोजगारीमा सिन्डिकेट रहेको भन्दै यसको खारेजीको माग गर्दै आएको थियो।

सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले विभागको छानबिन प्रक्रियालाई स्वागत गर्दै दोषी कम्पनीविरुद्ध प्रमाण जुटाउन सहयोग गर्ने प्रतिबद्धता जनाए।

विभागले निष्पक्ष प्रतिस्पर्धालाई सङ्कुचित गर्ने वा एकाधिकार कायम गर्ने कुनै पनि कार्य नगर्न म्यानपावर कम्पनीहरूलाई कडा निर्देशन दिएको छ।

निर्देशक आचार्यले विभागको निर्देशन उल्लङ्घन गर्ने कम्पनीको इजाजतपत्र रद्दसम्मको कारबाही हुन सक्ने चेतावनी दिनुभयो। सरकारले मलेसिया रोजगारीलाई पारदर्शी र प्रतिस्पर्धी बनाउन दुई देशबीच कूटनीतिक पहल जारी रहेको जनाएको छ।

2