Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भोटेकोशी बाढीले कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

भोटेकोशी बाढीले कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति
A A+ A-

काठमाडौं। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले धान, तरकारी र पशुपन्छीमा ठूलो नोक्सानी भएको देखाएको हो।

प्रतिवेदनअनुसार प्रभावित क्षेत्रका स्थानीय तहमा एक हजार ६६९ हेक्टर धान खेतीमा क्षति पुग्दा पाँच हजार ८४३ टन धान उत्पादन घटेको छ। सबैभन्दा बढी प्रभावित नुवाकोटको विदुर नगरपालिकामा मात्रै ७०० हेक्टर जग्गामा धानबाली नष्ट भएको छ। त्यस्तै, धादिङ र रसुवाका विभिन्न स्थानीय तहमा पनि धान खेतीमा ठूलो असर परेको छ। तरकारी खेतीतर्फ १३७ हेक्टर क्षेत्रफल प्रभावित हुँदा एक हजार ८४३ टन उत्पादनमा क्षति पुगेको छ। यसमा पनि विदुर नगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ जहाँ ९८ हेक्टर तरकारी खेतीमा क्षति भएको छ।

पशुपन्छी क्षेत्रमा भएको क्षति झनै गम्भीर देखिएको छ। बाढीबाट कुल दुई लाख ५२ हजार ४४५ पशुपन्छी प्रभावित भएका छन् जसको अनुमानित मूल्य १११ करोड ३९ लाख रुपैयाँ रहेको छ। सबैभन्दा बढी आर्थिक क्षति भैँसी पालनमा देखिएको छ। चार हजार ५७२ भैँसी प्रभावित हुँदा ४५ करोड ७२ लाख रुपैयाँ बराबरको क्षति भएको छ, जुन कुल पशुधन क्षतिको ४१ प्रतिशत हो।

त्यस्तै, बाख्रा तथा च्याङ्ग्रामा ३९ करोड १३ लाख र गाईगोरुमा १७ करोड ९२ लाख रुपैयाँ बराबरको क्षति भएको छ। कुखुराको सङ्ख्या धेरै भए पनि आर्थिक मूल्यका आधारमा यसको हिस्सा कुल क्षतिको ४.८ प्रतिशत मात्र छ। भैँसी, बाख्रा, च्याङ्ग्रा र गाईगोरुबाट मात्र कुल पशुधन क्षतिको ९२.३ प्रतिशत क्षति भएको प्रतिवेदनले जनाएको छ। यो क्षतिले ग्रामीण अर्थतन्त्र र कृषकको आम्दानीमा गम्भीर असर पारेको छ।

2