काठमाडौं। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फिल्म ‘गौँथली’ ले बक्स अफिसमा २५ करोड ९३ लाख ७४ हजार ७५०.२० रुपैयाँ ग्रस कलेक्सन गरेको छ। डा. कपिल रिजाल निर्देशित यस फिल्मलाई हालसम्म ९ लाख ४० हजार ५६२ जना दर्शकले हेरेका छन्।
त्यस्तै, अभिनेत्री निता ढुङ्गाना निर्देशित फिल्म ‘पार्वती’ ले २ करोड ५ लाख ८५ हजार ५९३.८३ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ। बोर्डको तथ्यांक अनुसार यस फिल्मको ७३ हजार २२३ टिकट बिक्री भएको छ।
अभिनाश विक्रम शाह निर्देशित फिल्म ‘एलिफेंट्स इन द फग’ को कमाइ भने ८५ लाख ९५ हजार ९१० रुपैयाँ रहेको छ। यो अवधिमा फिल्म २४ हजार ४४८ जनाले हेरेका छन्। यो विवरण २०८३ भदौ २८ गते आइतबार राती ११ः५९ सम्मको हो।
