Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

फक्ताङ्लुङ गाउँपालिकामा कृषि एम्बुलेन्स सेवा सुरु

फक्ताङ्लुङ गाउँपालिकामा कृषि एम्बुलेन्स सेवा सुरु
A A+ A-

ताप्लेजुङ। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले किसानलाई लक्षित गरी कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। स्थानीय स्तरमा उत्पादित कृषि उपजको बजारीकरणमा सहयोग पुर्‍याउने र किसानलाई व्यावसायिक कृषि प्रणालीतर्फ आकर्षित गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो।

गाउँपालिका अध्यक्ष राजन लिम्बूका अनुसार कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोग र पालिकाको लागत साझेदारीमा उक्त एम्बुलेन्स खरिद गरिएको हो। यो सेवाले बिचौलियाको प्रभावलाई कम गर्दै किसान र बजारबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न मद्दत गर्ने विश्वास लिइएको छ।

कृषि एम्बुलेन्सले आलु, गोलभेडा, काउली लगायतका तरकारी र सुन्तला, कागती जस्ता फलफूलको सङ्कलन तथा ढुवानीमा सहजता ल्याउनेछ। गाउँपालिकाले विभिन्न स्थानमा कृषि सङ्कलन केन्द्र तोकेको छ, जहाँबाट उपजहरू सिधै बजारसम्म पुर्‍याइनेछ।

दुर्गम हिमाली क्षेत्रका किसानहरूले यस सेवाबाट ठूलो राहत महसुस गरेका छन्। फक्ताङ्लुङ-४ इखाबुका किसान विक्रम लिम्बूले यसअघि बजारको पहुँच नहुँदा उत्पादित वस्तु खेर जाने गरेको बताउँदै अब भने उचित मूल्य पाउनेमा आफूहरू आशावादी रहेको बताए। पालिकाले यस कदमबाट स्थानीय रोजगारी सिर्जना हुनुका साथै कृषकको आम्दानीमा वृद्धि भई स्थानीय अर्थतन्त्र सुदृढ हुने अपेक्षा गरेको छ।

2