udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भरतपुर महानगरपालिकाले निर्माण कार्य अलपत्र पार्ने २६ कम्पनीलाई सोध्यो स्पष्टीकरण

भरतपुर महानगरपालिकाले निर्माण कार्य अलपत्र पार्ने २६ कम्पनीलाई सोध्यो स्पष्टीकरण
A A+ A-

चितवन। भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगर्ने २६ निर्माण कम्पनी, फर्म तथा व्यवसायीलाई ७ दिने स्पष्टीकरण सोधेको छ।

महानगरपालिकाले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै निर्धारित समयभित्र काम सम्पन्न गर्न बेवास्ता गर्ने कम्पनीहरूलाई कारबाहीको चेतावनी दिएको हो।

महानगरपालिकाका अनुसार पटक-पटक लिखित तथा मौखिक आग्रह गर्दा पनि निर्माण कम्पनीहरूले काममा चासो नदेखाउँदा विकास योजनाहरू अलपत्र परेका छन्।

तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्न ठोस पहल नगरेका कारण सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको हो।

स्पष्टीकरण नदिए वा निर्माण कार्यमा तीव्रता नदिएमा महानगरपालिकाले कडा कदम चाल्ने जनाएको छ। सम्झौताअनुसार ठेक्का तोड्ने, कार्यसम्पादन जमानत जफत गर्ने, निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने तथा हर्जाना असुल गर्ने लगायतका कारबाही गरिनेछ। साथै, बाँकी रहेको निर्माण कार्यको मूल्याङ्कन गरी सरकारी बाँकीसरह असुलउपर गरिने महानगरपालिकाले स्पष्ट पारेको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action