Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

एघार महिनामा दस खर्ब सत्ताइस अर्ब राजस्व सङ्कलन

एघार महिनामा दस खर्ब सत्ताइस अर्ब राजस्व सङ्कलन
अ+ अ-

काठमाडौँ- चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १० खर्ब २७ अर्ब ६६ करोड ९७ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । गत वर्ष सो अवधिमा नौ खर्ब ३९ अर्ब ४८ करोड १२ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो । आव सकिन एक महिना बाँकी रहँदा सरकारले गरेको आम्दानीको लक्ष्य गत वर्षको सो अवधिको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।

चालु आवको जेठसम्मको राजस्व सङ्कलन लक्ष्य १२ खर्ब ३४ अर्ब ८५ करोड रुपियाँ थियो । अर्थ मन्त्रालयका अनुसार अहिले सङ्कलित राजस्व लक्ष्यको ८३.२२ प्रतिशत हो । चालु आवको जेठमा मात्र ९४ अर्ब दुई करोड ८३ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । गत वर्षको जेठमा ८५ अर्ब २१ करोड १३ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो । चालु आवमा सरकारले १४ खर्ब १९ अर्ब रुपियाँ ३० करोड ३० लाख राजस्व असुलीको लक्ष्य राखेको छ ।

महालेखा नियन्त्रणको कार्यालयको तथ्याङ्क अनुसार जेठ मसान्तसम्म पुँजीगत खर्च लक्ष्यको ४०.७ प्रतिशत भएको छ । सरकारले चालु आवमा पुँजीगत खर्च गर्ने लक्ष्य तीन खर्ब ५२ अर्ब रुपियाँ लिएकोमा हालसम्म एक खर्ब ४३ अर्ब ३९ करोड खर्च भएको छ ।

यस्तै चालुतर्फ लक्ष्य अनुसार ७४.६८ प्रतिशत खर्च गरेको छ । चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड खर्च गर्ने लक्ष्य लिएकोमा आठ खर्ब ५१ अर्ब ५८ करोड रुपियाँ खर्च भएको छ ।

यस्तै वित्तीयतर्फ ७८.४१ प्रतिशत खर्च भएको छ । चालु आवमा तीन खर्ब ६७ अर्ब २८ करोड खर्च गर्ने लक्ष्य रहेकोमा हालसम्म दुई खर्ब ८७ अर्ब ९७ करोड रुपियाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

2