Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने

त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
A A+ A-

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुङ्गे पुलहरूको मर्मत कार्य सरकारले तीव्र बनाएको छ। क्षतिग्रस्तमध्ये १२ वटा पुलको मर्मत सुरु भइसकेको छ भने ती पुललाई असोज २० गतेभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

मर्मत भइरहेका पुलमा धादिङका कालिकास्थान, मालिङ्गा मझुवाटार दोभान, महादेवा मास्टर, चिरौंदी खोला, शितलबजार क्युरेनीटार र बेल्खु भुतिया झोलुङ्गे पुल छन्।

त्यसैगरी, नुवाकोट र धादिङ जोड्ने केउरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र फिलिङ झोलुङ्गे पुल तथा गोरखा र धादिङ जोड्ने बादरे झोलुङ्गे पुलको पनि मर्मत भइरहेको छ।

निर्धारित समयभित्र पुल सञ्चालनमा ल्याउने गरी आवश्यक कामलाई तीव्रता दिइएको छ।

बाढीबाट प्रभावित थप आठ वटा झोलुङ्गे पुलको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारीसमेत अघि बढाइएको छ। मर्मतका क्रममा आवश्यक पर्ने डेकलगायत सामग्री खरिदका लागि विभिन्न निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ। पहिलो चरणका सामग्री कार्यस्थलमा आपूर्ति भइसकेको र दोस्रो चरणका स्टिल पार्ट्स खरिद प्रक्रिया अघि बढाइएको जनाइएको छ।

यसैगरी, मर्मत गरेर सञ्चालनमा ल्याउन नसकिने गरी क्षतिग्रस्त ३३ वटा झोलुङ्गे पुलको पुनर्निर्माण प्रक्रिया पनि अघि बढाइएको छ। ती पुल पुनर्निर्माणका लागि भदौ १७ गते नै बोलपत्र आह्वान भइसकेको छ।

पुल निर्माण तथा मर्मतका लागि आवश्यक लठ्ठा, ‘बुलडग ग्रिप्स’ लगायत अत्यावश्यक सामग्री खरिद गर्न सरकारले बोलपत्र आह्वान गरेको जनाएको छ। बाढीका कारण आवागमनमा परेको असरलाई कम गर्दै प्रभावित क्षेत्रमा यातायात तथा स्थानीय आवतजावत सहज बनाउने उद्देश्यले पुल मर्मत तथा पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको हो।

2