Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

जुम्लाको पुँजीगत बजेट तीन अर्ब बढी

जुम्लाको पुँजीगत बजेट तीन अर्ब बढी
A A+ A-

जुम्ला । चालु आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सरकारले पुँजीगततर्फ रु तीन अर्ब बढी विनियोजन गरेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मीनबहादुर घर्तिमगरका अनुसार संघीय सरकार मातहतका ३६ वटा कार्यालय र यहाँका आठ वटा स्थानीय तहका लागि पुँजीगततर्फ रु तीन अर्ब नौ करोड ४३ लाख रहेको बताए।

यहाँको सबैभन्दा बढी विकासे बजेट सडक डिभिजन कार्यालय र सघन सहरी तथा भवन आयोजनामा आएको छ । सडक डिभिजनमा चालु आवका लागि पुँजीगत बजेट रु एक अर्ब ८० करोड प्राप्त भएको छ ।

यसैगरी, सघन सहरी तथा भवन आयोजनामा रु एक अर्ब ३९ करोड पुँजीगत बजेट विनियोजन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक घर्तिमगरको भनाइ छ ।

सडकमा आएको पुँजीगत बजेट कर्णाली राजमार्गलाई थप स्तरोन्नति गर्नेदेखि सडक निर्माणमा खर्च गरिने छ । अहिले ठेक्का आह्वानको काम धमाधम भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख श्रवणकुमार महताराले बताए।

सघन सहरी तथा भवन आयोजनाले जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा भौतिक संरचना निर्माणमा बजेट खर्च हुने गरेको जनाएको छ ।

५१ प्रतिशत मात्र पुँजीगत खर्च

संघीय सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा विनियोजन गरेको जुम्लाको कुल विकास बजेट मध्ये ५१ दशमलव ७२ प्रतिशत मात्र खर्च भएको छ । पुँजीगततर्फ रु दुई अर्ब आठ करोड २५ लाख विनियोजन गरिएकामा रु एक अर्ब सात करोड ७० लाख अर्थात् ५१ दशमलव ७२ प्रतिशत खर्च भएको छ ।

पुँजीगततर्फ करिब रु एक अर्ब बढी बजेट खर्च हुन नसकेर फिर्ता गएको छ । संघीय सरकारले जिल्लाको विकासका लागि विनियोजन गरेको बजेटमध्ये सबैभन्दा बढी यहाँको सडक डिभिजन कार्यालय र सघन सहरी तथा भवन आयोजनाको बजेट धेरै ‘फ्रिज’ भएको प्रमुख कोष नियन्त्रक घर्तिमगरको भनाइ छ ।

सडक डिभिजन कार्यालयलाई विनियोजित पुँजीगत बजेटतर्फ रु ७९ करोड २५ लाखमध्ये रु ३३ करोड ८८ लाख अर्थात् ४२ दशमलव ६३ प्रतिशत मात्र खर्च भएको छ । कुल विनियोजित बजेटको झन्डै रु ४५ करोड खर्च हुन सकेर फिर्ता गएको छ ।

उक्त कार्यालयको सडक बोर्डबाट प्राप्त पुँजीगत बजेट रु ४३ करोड ५० लाखमध्ये ३९ करोड १० अर्थात् ८९ दशमलव ८८ प्रतिशत बजेट खर्च भएको थियो ।

यसैगरी, सघन सहरी तथा भवन आयोजनाको पुँजीगततर्फ विनियोजित बजेट रु ८४ करोड ८४ लाखमध्ये रु ४१ करोड १२ अर्थात् ४८ दशमलव ४९ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

2