Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सुदूरपश्चिममा बैँक तथा वित्तीय संस्थाको कर्जा प्रवाह डेढ खर्ब

सुदूरपश्चिममा बैँक तथा वित्तीय संस्थाको कर्जा प्रवाह डेढ खर्ब
अ+ अ-

धनगढी- सुदूरपश्चिम प्रदेशमा बैँक तथा वित्तीय संस्थाको कर्जा प्रवाह डेढ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बैँक तथा वित्तीय संस्थाले यस प्रदेशमा एक खर्ब ५३ अर्ब रुपियाँ कर्जा प्रवाह गरेका हुन ।

प्रदेश सरकारको आर्थिक सर्वेक्षण अनुसार यही अवधिमा बैँक तथा वित्तीय संस्थाले एक खर्ब ४५ अर्ब रुपियाँ निक्षेप गरेका छन् ।

प्रदेशमा बैँक तथा वित्तीय संस्थाको सङ्ख्या ८४९ पुगेको छ । अघिल्लो आर्थिक वर्षसम्म बैँक तथा वित्तीय सङ्ख्या ८४८ रहेको थियो । यसै गरी बिमा कम्पनीको सङ्ख्या २७० पुगेको आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन सामान्य बढेको हो ।

आर्थिक वर्ष २०८०÷८१ मा यस वर्षको कुल गार्हस्थ्य उत्पादन चार खर्ब छ अर्ब ७५ करोड रुपियाँ रहेको थियो । चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन चार खर्ब २९ अर्ब ६२ करोड पुगेर सामान्य वृद्धि भएको छ ।

प्रदेशको चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनको ७.०३ प्रतिशत रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा भएको यो वृद्धि सकारात्मक रहेको जनाइएको छ ।

2