udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाँदरको आतङ्कले विस्थापित हुँदै मकै र दाल खेती

बाँदरको आतङ्कले विस्थापित हुँदै मकै र दाल खेती
A A+ A-

काठमाडौं- सुनसरीको विष्णुपादुका र वराहक्षेत्र नगरपालिकाका किसानहरू बाँदरको उपद्रवका कारण परम्परागत खेती गर्न छाडेका छन्। विगत १५ वर्षदेखि बाँदरले बाली नष्ट गर्न थालेपछि स्थानीयहरू मकै, दाल र कोदो जस्ता बाली छोडेर बेसार, अम्रिसो र केरा जस्ता वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन्।

वराहक्षेत्र-१, सूर्यकुण्डका अगुवा कृषक अर्जुन कुलुङका अनुसार बाँदरको समस्याले गर्दा धेरै किसानहरूले आफ्नो खेतीयोग्य जमिन बाँझै राख्न बाध्य भएका छन्। उनले १५ वर्षअघिसम्म डेढ बिघा जग्गामा मकै र कोदो खेती गर्दै आएका थिए, तर अहिले बाँदरको डरले १५ कट्ठा जग्गामा खेती गर्न छाडेका छन्। उनले भने, “बाँदरले मकै पाक्ने बेलासम्म कुर्न नदिने र बालीमा क्षति पुर्याउने गरेको छ।”

विष्णुपादुकाका स्थानीय सुवासमणि तामाङले पहिले मकै, कालो दाल र जुनेलो खेती जीविकोपार्जनको मुख्य आधार भए पनि पछिल्लो डेढ दशकयता बाँदरले गर्दा ती बाली लगाउनै छाडिएको बताए। बाँदरले घरभित्र पसेर खाद्यान्न लैजाने र सागसब्जी नष्ट गर्ने गरेको उनको भनाइ छ। यस्तै, स्थानीय मदन तामाङले बाँदरको उपद्रवले गर्दा आफ्नो १० कट्ठा जग्गा विगत ६ वर्षदेखि बाँझै रहेको जानकारी दिए।

माछामाराडाँडा क्षेत्रका किसान केमराज विश्वकर्माले पनि मकैको बिरुवा देख्नेबित्तिकै बाँदरले सखाप पार्ने गरेको बताए। उनले भने, “एक जना किसानले एकातिर रुँग्दा अर्काेतिरबाट बाँदर छिर्छ। यसरी खेती जोगाउनै नसकिने अवस्था छ।” हाल सो क्षेत्रका किसानले बेसार र अम्रिसो खेतीलाई प्राथमिकता दिएका छन्। विश्वकर्माका अनुसार मल र आवश्यक सामग्रीको उचित व्यवस्था भएमा तीन कट्ठा जग्गाबाट वार्षिक ३० देखि ४० हजार रुपियाँसम्मको बेसार बिक्री गर्न सकिन्छ।

खेतीमा हुने क्षति र परिवारका सदस्य रोजगारीका लागि बाहिरिनु पर्ने बाध्यताले गर्दा विष्णुपादुका क्षेत्रका स्थानीयको जीविकोपार्जनमा गम्भीर असर परेको छ। बाँदरको समस्या समाधान नहुँदा अधिकांश स्थानीयहरू खेतीसँगै दैनिक ज्यालादारी र निर्माण क्षेत्रमा काम गरेर गुजारा चलाउन बाध्य छन्।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action