Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
A A+ A-

लमजुङ। क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि १३ दशमलव ३७ प्रतिशत काम भएको छ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी विसं २०७८ साउन १९ गते निर्माण सम्झौता भएको थियो। अस्पताल निर्माणको काम विसं २०८१ असारदेखि रोकिएको छ। काम रोकिए पनि पटक पटक थपिँदै आएको छ।

पछिल्लो पटक गत भदौमा तीन महिनाका लागि म्याद थप गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेका अनुसार निर्माण व्यवसायीले काम गर्ने भन्दै पटक पटक म्याद थप्दै गए पनि अपेक्षित रूपमा प्रगति हुन सकेको छैन।

अस्पताल निर्माणको काम क्रमशः रोकिँदै आएको उनले बताए। निर्माण व्यवसायीलाई काम अघि बढाउन पटक पटक ध्यानाकर्षण गराए पनि अपेक्षित प्रगति हुन नसकेको उनको भनाइ छ। हालसम्म करिब रु एक करोड ८३ लाख बराबरको काम भएको उनले जानकारी दिए।

गाउँपालिकाका सब इन्जिनियर प्रकाश शेरचनका अनुसार अस्पताल भवनको भुइँतला ढलानको काम भएको छ। त्यसपछि निर्माण रोकिएको उनले बताए। उनका अनुसार निर्माण सम्झौताको दुई वर्षसम्म पनि कामले अपेक्षित गति लिन सकेको थिएन। उक्त अवधिमा करिब पाँच–छ प्रतिशत मात्रै काम भएको थियो।

सुरुमा जग खन्ने तथा जमिन सम्याउनेलगायतका काम भएको उहाँले बताउनुभयो। पटक पटक म्याद थप्दा पनि काम अघि नबढेपछि निर्माण व्यवसायीमाथि कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको उनले जानकारी दिए।

गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले निर्माण व्यवसायीले काममा ढिलाइ गर्दा अस्पताल निर्माणमा अपेक्षित प्रगति हुन नसकेको बताए।

पछिल्लो पटक तीन महिनाका लागि म्याद थपिएकाले सो अवधिमा काम अघि बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ। “अब थपिएको समयमा पनि निर्माण प्रक्रिया अगाडि बढेन भने ठेक्का तोड्ने वा कानुनी कारबाही के गर्ने भन्नेबारेमा गाउँपालिकाले आवश्यक कदम चाल्छ”, उनले भने।

अस्पताल निर्माणका लागि गाउँपालिकाले करिब रु २० करोड लागत अनुमान गरेको थियो। निर्माण सम्झौता भने रु १३ करोड ३० लाखमा भएको हो।

सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको अस्पताल विसं २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको थियो।

अस्पताल निर्माण सम्पन्न भएपछि क्व्होलासोथार गाउँपालिकाका स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा सहज हुने अपेक्षा गरिएको छ।

2