काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा १ हजार ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ३० रुपैयाँले घटेर ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
