काठमाडौं। एभरेष्ट बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीस्थित धनगढी उपमहानगरपालिका-८ को क्याम्पस चोकमा आफ्नो १३४औँ शाखा विस्तार गरेको छ। यो नयाँ शाखासँगै सुदूरपश्चिम प्रदेशमा बैंकको कुल शाखा संख्या १५ पुगेको छ।
यसैबीच, बैंकले सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको पनि उद्घाटन गरेको छ। बैंकले प्रादेशिक कार्यालयको सेवा सोही नयाँ भवनबाट सुरु गरिएको जनाएको छ।
शाखाको उद्घाटन धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र एभरेष्ट बैंक सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा गरेका हुन्।
उद्घाटन कार्यक्रममा वडाध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञराज तिमिल्सिनाका साथै स्थानीय व्यवसायी र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
