udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कृषि उत्पादनसँगै नयाँ जात र प्रविधिको परीक्षणमा जोड

कृषि उत्पादनसँगै नयाँ जात र प्रविधिको परीक्षणमा जोड
A A+ A-

काभ्रे। काभ्रेपलाञ्चोकको पाँचखालमा कृषि उत्पादनसँगै नयाँ जात र प्रविधिको परीक्षण भइरहेको छ।

पाँचखालस्थित बागवानी विकास केन्द्रले हाइब्रिड धान, आलु, तरकारी तथा मसला बालीका विभिन्न जात र प्रविधिको परीक्षण गर्दै उत्पादन, लागत, बजार र कृषकको आम्दानीसँग सम्बन्धित तथ्य संकलन तथा विश्लेषण गर्दै आएको छ।

बागमती प्रदेश सरकारअन्तर्गत कृषि विकास निर्देशनालयको मातहतमा रहेको केन्द्रले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा चालु आव २०८३/८४ को कार्यक्रम सार्वजनिक गर्दै कृषि अनुसन्धान, प्रविधि परीक्षण, बीउ उत्पादन तथा कृषक क्षमता विकासका क्षेत्रमा भएका काम र प्राप्त नतिजा सार्वजनिक गरेको हो।

केन्द्रको वार्षिक प्रगति विवरणअनुसार आव २०८२/८३ मा दुई करोड २४ लाख २२ हजार रुपैंयाँ बजेट विनियोजन भएकामा एक करोड ७८ लाख ९८ हजार रुपैंयाँ खर्च भएको छ। यसबाट वित्तीय प्रगति ७९ दशमलव ८२ प्रतिशत पुगेको छ। पुँजीगततर्फ ९८ दशमलव ६९ प्रतिशत र चालुतर्फ ७७ दशमलव ४३ प्रतिशत वित्तीय प्रगति भएको केन्द्रले जनाएको छ।

केन्द्रले आफ्नै उत्पादन तथा सेवा बिक्रीबाट समीक्षा अवधिमा ६९ लाख ३१ हजार २०३ रुपैयाँ ५० पैसा राजस्व संकलन गरेको छ। केन्द्रका प्रमुख तथा वरिष्ठ बागवानी विकास अधिकृत विष्णु बोगटीका अनुसार अनुसन्धान तथा प्रविधि परीक्षणलाई कृषकको उत्पादन र व्यावसायिक आवश्यकतासँग जोड्ने गरी कार्यक्रम सञ्चालन गरिएको छ।

केन्द्रको परीक्षणमा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हार्दिनाथबाट प्राप्त १० वटा पाइपलाइन हाइब्रिड धानका जातमध्ये नेपाली हाइब्रिड धान ‘एचएच–१४२’ ले पाँचखालको माटो र हावापानीमा प्रतिहेक्टर १० टनसम्म उत्पादन दिएको छ। विभिन्न जातको परीक्षणका क्रममा उक्त जातले उच्च उत्पादन दिएको केन्द्रका प्रमुख बोगटीले बताए।

धानको बीउ उत्पादनतर्फ केन्द्रले ५ दशमलव ८ मेट्रिक टन गुणस्तरीय बीउ उत्पादन गरी वितरण गरेको छ। उक्त बीउबाट करिव ११६ हेक्टर क्षेत्रफलमा धान खेती विस्तार गर्न सहयोग पुगेको केन्द्रले जनाएको छ। स्थानीय हावापानी अनुकूल उत्पादन क्षमता भएका जात पहिचान गरी कृषकसम्म पुर्‍याउने उद्देश्यले विभिन्न जातको परीक्षण गरिएको केन्द्रको भनाइ छ।

धान उत्पादनसँगै मकैमा श्रम र समय घटाउने प्रविधिको परीक्षण गरिएको छ। केन्द्रले नर्सरीमा मकैका बिरुवा उत्पादन गरी उपयुक्त समयमा मुख्य खेतमा रोप्ने विधि परीक्षण गरेको हो। परीक्षणका क्रममा यसरी उत्पादन गरिएको हरियो मकै सामान्य समयभन्दा आठदेखि १० दिन अगाडि बजारमा पुर्‍याउन सकिएको केन्द्रले जनाएको छ।

हरियो मकैको माग हुने समयमा उत्पादन बजारमा पुर्‍याउन सकिने भएकाले यस प्रविधिबाट उत्पादनको समय व्यवस्थापनमा सहयोग पुग्ने केन्द्रको निष्कर्ष छ। यसले उत्पादन प्रविधिलाई बजारको मागसँग जोडेर परीक्षण गर्ने केन्द्रको अभ्यासलाई समेत देखाएको छ।

तरकारीतर्फ टनेल तथा सेडहाउसमा बेर्ना उत्पादन गरिएको छ। केन्द्रका अनुसार समीक्षा अवधिमा पाँच लाख ७० हजार तरकारीका बिरुवा उत्पादन गरी १७ हेक्टर क्षेत्रफलमा खेती विस्तार गर्न सहयोग गरिएको छ। गुणस्तरीय बेर्ना उत्पादन तथा वितरणबाट कृषकलाई खेतीको सुरुवाती चरणमा हुने समस्या घटाउन सहयोग पुगेको केन्द्रले जनाएको छ।

पाँचखालमा गरिएको आलुको जातगत आर्थिक विश्लेषणले भने उत्पादनसँगै लागत र बजार मूल्यले कृषकको आम्दानीमा पार्ने प्रभाव समेत देखाएको छ। केन्द्रको अध्ययनअनुसार पाँचखाल क्षेत्रमा प्रतिरोपनी औसत एक हजार ९८३ किलोग्राम आलु उत्पादन हुने गरेको छ। प्रतिरोपनी औसत उत्पादन लागत २२ हजार ३६० रुपैयाँ चार पैसा रहेको अध्ययनले देखाएको छ।

अध्ययनअनुसार आलु खेतीको कुल लागत संरचनामा श्रमको हिस्सा २९ दशमलव ८५ प्रतिशत र बीउ आलुको लागत २४ दशमलव ९५ प्रतिशत रहेको छ। यी दुई शीर्षकमा मात्रै कुल लागतको करिब ५५ प्रतिशत खर्च हुने गरेको देखिएको छ। केन्द्रले आलु खेतीमा उत्पादन लागत घटाउन श्रम व्यवस्थापन र बीउको लागत महत्वपूर्ण हुने जनाएको छ।

एउटै बालीभित्र पनि जातअनुसार उत्पादन, लागत र बजार मूल्यमा हुने फरकले कृषकको आम्दानीमा प्रत्यक्ष प्रभाव पार्ने देखाएको केन्द्रको अध्ययनले जनाएको छ। त्यसैले उत्पादन मात्र नभई जात छनोट र बजार मूल्यलाई समेत कृषि व्यवसायको आर्थिक विश्लेषणमा समेटिएको केन्द्रको भनाइ छ।

केन्द्रले आलुको बीउको सुप्त अवस्था तोडेर छिटो टुसाउने बनाउन थाइयोयुरियाको प्रयोगसम्बन्धी परीक्षण समेत गरेको छ। सामान्य अवस्थामा आलु खनेपछि टुसाउन १९ दशमलव ५ दिन लाग्नेमा १ दशमलव ५ प्रतिशत थाइयोयुरियाको घोलबाट उपचार गर्दा उक्त अवधि ६ दशमलव ५ देखि आठ दिनमा झरेको परीक्षणबाट देखिएको छ। यसबाट बीउ आलु रोप्ने समय व्यवस्थापनमा सहयोग पुग्ने केन्द्रको निष्कर्ष छ।

मसला बालीतर्फ बेसारमा प्लास्टिक मल्चिङ प्रविधिको परीक्षण गरिएको थियो। पाँचखालको स्थानीय माटो तथा हावापानीमा गरिएको परीक्षणमा उक्त प्रविधि कृषकका लागि अपेक्षित प्रभावकारी नदेखिएको केन्द्रका सूचना अधिकारी तथा बागवानी विकास अधिकृत उमेश सापकोटाले जानकारी दिए। स्थानीय अवस्था र उत्पादन प्रणालीअनुसार प्रविधि छनोट गर्नुपर्ने आवश्यकता परीक्षणबाट देखिएको उनको भनाइ छ।

केन्द्रले फलफूल तथा मसला बालीका स्रोत संरक्षण र बीउ उत्पादनमा समेत काम गरेको छ। सुन्तला जात फलफूलअन्तर्गत सुनकागती–१ र २, तेह्रथुम लोकल, उन्सु तथा किन्नोका माउबोट व्यवस्थापन गरिएको छ। त्यस्तै, कफीका मुन्दोनोभा, टेक्स्टिसिक, स्वाइजा लोकल, इन्डोनेसिया, सेलेक्सन–१०, गुल्मी लोकल, कातुआई अमार्टिलो र चन्द्रागिरीलगायत जातका माउबोट व्यवस्थापन गरिएको केन्द्रले जनाएको छ। मसला बालीतर्फ ४ दशमलव ८ मेट्रिक टन बेसारको बीउ उत्पादन गरी करिब २ दशमलव ५ हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती विस्तार गर्न सहयोग गरिएको छ।

कृषकको क्षमता विकासका लागि केन्द्रले तीन वटा घुम्ती तालिम सञ्चालन गरी ७० जना कृषकलाई सहभागी गराएको छ। तालिममा कृषकलाई उत्पादन प्रविधि, बाली व्यवस्थापन तथा प्रयोगात्मक सीपसम्बन्धी जानकारी दिइएको केन्द्रले जनाएको छ। परीक्षणबाट सफल भएका प्रविधि तथा जातलाई कृषकसम्म पुर्‍याउने र अपेक्षित परिणाम नदिएका प्रविधिबारे समेत जानकारी गराउने गरी केन्द्रले काम गरिरहेको केन्द्रका प्रमुख बोगटीले बताए।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action