udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अफ्रिकाको १६ अर्ब डलरको तेल रिफाइनरीमा भारतीय कम्पनीलाई ठेक्का

अफ्रिकाको १६ अर्ब डलरको तेल रिफाइनरीमा भारतीय कम्पनीलाई ठेक्का
A A+ A-

काठमाडौं। अफ्रिकाका सबैभन्दा धनी व्यक्ति अलिको डाङ्गोतेले केन्यामा निर्माण हुन लागेको नयाँ कच्चा तेल प्रशोधन केन्द्र (रिफाइनरी) को निर्माणका लागि भारत सरकारको बहुमत स्वामित्व रहेको ‘इन्जिनियर्स इन्डिया लिमिटेड’ (ईआईएल) लाई नियुक्त गरेका छन्।

मुम्बई स्टक एक्सचेन्जमा गरिएको वित्तीय विवरण अनुसार ईआईएलले केन्याको तटीय सहर लामुमा निर्माण हुने दैनिक ७ लाख ब्यारेल क्षमताको रिफाइनरी तथा पेट्रोकेमिकल प्लान्टको निरीक्षणका लागि ४५ करोड अमेरिकी डलरको सम्झौता गरेको छ।

यस महिनाको अन्त्यतिर निर्माण सुरु हुने यस परियोजनाको कुल लागत १६ अर्ब अमेरिकी डलर अनुमान गरिएको छ। ईआईएलले जारी गरेको विज्ञप्तिमा यो परियोजना सम्पन्न भएपछि पूर्वी अफ्रिकामा इन्धन उत्पादनलाई बढावा दिन, आयातमाथिको निर्भरता घटाउन र क्षेत्रीय ऊर्जा सुरक्षामा सहयोग पुग्ने उल्लेख छ।

केन्याको यो प्लान्टले नाइजेरियाको लागोसस्थित डाङ्गोतेको रिफाइनरीलाई परिपूरकको रूपमा सघाउनेछ। लागोस रिफाइनरीको क्षमता सन् २०२९ सम्ममा दैनिक १४ लाख ब्यारेल पुग्ने लक्ष्य राखिएको छ।

डाङ्गोतेले यस परियोजनामार्फत आफ्नो व्यावसायिक पहुँच हिन्द महासागरसम्म विस्तार गरेका छन्। रिफाइनरीसँगै उनले लामुलाई इथियोपियासँग जोड्ने र जिबुटीबाट इथियोपियासम्मको ४,००० किलोमिटर लामो पाइपलाइन सञ्जाल निर्माण गर्ने योजना पनि अघि सारेका छन्। ईआईएलले यसअघि पनि लागोसस्थित डाङ्गोते पेट्रोलियम रिफाइनरी एन्ड पेट्रोकेमिकलको कन्सल्टेन्टको रूपमा काम गरिसकेको छ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार ३५ अर्ब ५० करोड डलर खुद सम्पत्ति रहेका डाङ्गोतेले सन् २०३० सम्ममा डाङ्गोते ग्रुपको राजस्व १०० अर्ब डलर पुर्याउने लक्ष्य राखेका छन्। यसका लागि उनले आगामी चार वर्षभित्र अफ्रिकामा ५० अर्ब डलर लगानी गर्ने योजना बनाएका छन्।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action