Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर
A A+ A-

काठमाडौँ-नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर केहि घटेर एकको खरिददर १३८ रूपियाँ २४ पैसा र बिक्रीदर १३८ रूपियाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १५९ रूपियाँ२० पैसा र बिक्रीदर १५९ रूपियाँ ८९ पैसा रहनेछ । युरो हिजोको भन्दा केहि बढेको हो । शुक्रबार युरो एकको खरिददर १५९ रूपियाँ र बिक्रीदर १५९ रूपियाँ ६९ पैसा कायम भएको थियो ।

आज पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रूपियाँ ५१ पैसा र बिक्रीदर १८७ रूपियाँ ३२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६९ रूपियाँ ०७ पैसा र बिक्रीदर १६९ रूपियाँ ८० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रूपियाँ ६४ पैसा र बिक्रीदर ९० रूपियाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपियाँ ८६ पैसा र बिक्रीदर १०१ रूपियाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रूपियाँ ५८ पैसा र बिक्रीदर १०८ रूपियाँ ०५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपियाँ ५० पैसा र बिक्रीदर नौ रूपियाँ ५४ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ २५ पैसा र बिक्रीदर १९ रूपियाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ ८४ पैसा र बिक्रीदर ३७ रूपियाँ, कतारी रियाल एकको खरिददर ३७ रूपियाँ ९२ पैसा र बिक्रीदर ३८ रूपियाँ ०९ कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपियाँ २२ पैसा र बिक्रीदर चार रूपियाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपियाँ ६४ पैसा र बिक्रीदर ३७ रूपियाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपियाँ ५१ पैसा र बिक्रीदर ३२ रूपियाँ ६५ पैसामा विनिमय हुनेछ ।

साउथ कोरियन वन १०० को खरिददर १० रूपियाँ १० पैसा र बिक्रीदर १० रूपियाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपियाँ ३२ पैसा र बिक्रीदर १४ रूपियाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपियाँ ३४ पैसा र बिक्रीदर २१ रूपियाँ ४३ पैसा तोकिएको छ ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपियाँ ६१ पैसा र बिक्रीदर १७ रूपियाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रूपियाँ ४० पैसा र बिक्रीदर ४५३ रूपियाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रूपियाँ ५४ पैसा र बिक्रीदर ३६४ रूपियाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूपियाँ ०५ पैसा र बिक्रीदर ३६० रूपियाँ ६० पैसा रहेको छ । भारतीय रूपियाँ १०० को खरिददर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकिएको छ ।

2