Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

काठमाडौंमा नेपाल युवा उद्यमशीलता सम्मेलन हुँदै, एआई र रोजगारीमा केन्द्रित

काठमाडौंमा नेपाल युवा उद्यमशीलता सम्मेलन हुँदै, एआई र रोजगारीमा केन्द्रित
A A+ A-

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्ष्टिच्युट (एनबिआई) को संयुक्त आयोजनामा ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३’ हुने भएको छ।

‘नेक्स्टजेन नेपाल : एआई, उद्यमशीलता र भविष्यको रोजगारी’ भन्ने नारासहित सम्मेलन आगामी असोज २३ गते काठमाडौंमा आयोजना हुन लागेको हो।

सम्मेलनका लागि सहकार्य गर्ने विषयमा सिबिफिन र एनबिआईबीच असोज ५ गते समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ।

आयोजकका अनुसार सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार संस्था तथा विभिन्न कूटनीतिक नियोगका उच्चपदस्थ अधिकारीसहित देशभरबाट करिब ४०० जना उद्यमी, व्यवसायी तथा सरोकारवालाको सहभागिता रहनेछ।

सम्मेलनमा विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई), युवा उद्यमशीलता तथा रोजगारीका अवसर सिर्जनाका विषयमा केन्द्रित रहेर छलफल गरिनेछ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा सिबिफिनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले सम्मेलनले वित्तीय पहुँच र समावेशीकरण विस्तारसँगै नवप्रवर्तन तथा डिजिटल बैंकिङको उपयोग बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले बैंकिङ क्षेत्र र युवा उद्यमीबीचको सम्बन्धलाई थप व्यावसायिक बनाउन, जिम्मेवार कर्जा उपभोगको संस्कृति विकास गर्न तथा उत्पादनशील क्षेत्रमा लगानी बढाउन सम्मेलन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

त्यस्तै, एनबिआईका कार्यकारी अध्यक्ष विशाल गैरेले दिगो आर्थिक विकासका लागि युवालाई उत्पादन र रोजगारीसँग जोड्न आवश्यक रहेको बताए।

नीतिगत व्यवस्था, स्टार्टअपका लागि बिउ पुँजी तथा वित्तीय पहुँचजस्ता विषय बैंक तथा वित्तीय संस्थासँग प्रत्यक्ष जोडिएकाले सिबिफिनसँगको सहकार्यले सम्मेलनलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ।

आयोजकले पर्याप्त तरलता र न्यून ब्याजदरको अवस्था रहेको वर्तमान समयमा आयोजना हुन लागेको सम्मेलनले उदीयमान युवा उद्यमीलाई आवश्यक मार्गनिर्देशन प्रदान गर्ने अपेक्षा गरेको छ।

युवा उद्यमीमैत्री नीति निर्माण, लगानीको वातावरण सुधार तथा नेपालको वित्तीय क्षेत्रको दिगो विकासका लागि सम्मेलनले नयाँ दिशाबोध गर्ने आयोजकको विश्वास छ।

2