धादिङ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खस्दा राजमार्ग एकतर्फी बनेको छ । शुक्रबार बिहान साढे ५ बजेतिर पहिरो खसेपछि सडकको एकतर्फी भाग मात्र सञ्चालनमा छ ।
निरन्तरको वर्षाका कारण लेदो पन्छाउने काममा कठिनाइ भइरहेको धादिङ प्रहरीले जनाएको छ । यसअघि भदौ १० र १४ गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले कृष्णभिर क्षेत्रमा सडक कटान गर्दा राजमार्ग १८ दिनसम्म अवरुद्ध बनेको थियो ।
