Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

गलकोटको बजेट ७१ करोड ७४ लाख

गलकोटको बजेट ७१ करोड ७४ लाख
अ+ अ-

बागलुङ- बागलुङको गलकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि (२०८२/८३) का लागि ७१ करोड ७४ लाख रुपियाँको बजेट ल्याएको छ ।

गलकोट नगरपालिकाका नगरउपप्रमुख फमलाल निउरेले शनिबार सार्वजनिक गरेको बजेट वक्तव्य अनुसार चालुतर्फ ५१ करोड ४२ लाख ३६ हजार छ सय रुपियाँ र पूँजीगततर्फ २० करोड ३१ लाख ६९ हजार गरी कुल ७१ करोड ७४ लाख पाँच हजार छ सय रुपियाँ बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ११ करोड ५१ लाख, राजस्व बाँडफाँटबाट १० करोड ४८ लाख ७५ हजार नौ सय ६४, सशर्त अनुदानबाट ३६ करोड ५३ लाख, विशेष अनुदानबाट एक करोड ३६ लाख प्राप्त हुने अनुमान गरेको छ भने गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानमा एक करोड ४८ लाख २१ हजार, राजस्व बाँडफाँटबाट एक करोड २० लाख एक हजार, विशेष अनुदानबाट ४० लाख, समपुरक अनुदानबाट ६० लाख प्राप्त हुने अनुमान गरेको छ ।
उपप्रमुख निउरेले आन्तरीक राजस्व एक करोड ९३ लाख बजेट विनियोजित गर्नुभएको छ ।

यस्तै, उपप्रमुख निउरेले युवा लक्षित कार्यक्रम तथा खेलकुदका लागि १८ लाख, लैङ्गिक समानता र सामाजिक समावेशिकरणका लागि ५९ लाख, कला संस्कृति र साहित्य तर्फ चार लाख, सहकारी क्षेत्रको विकास र प्रवर्धनको लागि चार लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि ३८ लाख र वन वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रका लागि ५० लाख रुपियाँ विनियोजित गर्नुभएको छ ।

यस्तै, भौतिक पूर्वाधार तर्फका योजना कार्यान्वयन गर्न सङ्घीय सर्शततर्फ एक करोड २० लाख र गलकोट नगरबाट आठ करोड १३ लाख र सङ्घीय र प्रदेश अनुदानअन्तर्गत तीन करोड १२ लाख गरी ११ करोड ६५ लाख, उद्यमशीलता विकास तथा रोजगारी प्रवर्धनका लागि सङ्घीय सशर्त अनुदान ३७ लाख र नगरपालिकाबाट १४ लाख गरी ५९ लाख १४ हजार र पर्यटनमा १२ लाख रुपियाँ विनियोजित गरिएको छ ।

आर्थिक विकासअन्तर्गत कृषि तथा बागवानी क्षेत्रको समग्र कार्यक्रम सञ्चालन गर्नका लागि सङ्घीय सशर्त अनुदानबाट २३ लाख एक हजार र नगरपालिकाबाट विनियोजित ६५ लाख गरी ८८ लाख एक हजार, पशुपन्क्षी विकास क्षेत्रका लागि सङ्घीय सशर्त अनुदानबाट १९ लाख १० हजार र नगरपालिकाबाट ३६ लाख गरी ५५ लाख १० हजार र सामाजिक विकासमा नगरपालिको ८ लाख, सङ्घीय शसर्त दुई लाख र प्रदेश शसर्त दुई लाख गरी १२ लाख रुपियाँ विनियोजित गरेको उपप्रमुख निउरेले बताउनुभयो ।

यस्तै, शिक्षा तर्फ नगरपालिको दुइ करोड २८ लाख, सशर्त अनुदान ३० करोड ११ लाख, सङ्घीय विशेष अनुदान तर्फ एक करोड ३६ लाख र प्रदेश विशेष अनुदानमा ४० लाख गरी ३४ करोड १५ लाख रुपियाँ, स्वास्थ्य तर्फ नगरपालिकाको दुई करोड ३७ लाख, शसर्त अनुदानसहित पाँच करोड ५६ लाख गरी सात करोड ९३ लाख विनियोजन गरिएको छ ।

2