Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

सिरिजङ्घाको बजेट ५८ करोड ७५ लाख

अ+ अ-

ताप्लेजुङ-ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले झण्डै ५९ करोड रुपियाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि गाउँपालिकाले उक्त रकम बराबरको बजेट ल्याएको हो ।

आइतबार प्रशासकीय केन्द्र तेल्लोकमा आयोजित गाउँपालिकाको १७ औं सभा तथा अधिवेशनमा उपाध्यक्ष डा. चित्रकुमार माबो लिम्बूले आगामी आवका लागि कुल ५८ करोड ७५ लाख आठ हजार ८६३ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । उपाध्यक्ष डा. माबोद्वारा प्रस्तुत कुल बजेटमध्ये सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदानतर्फ १२ करोड ७८ लाख रुपियाँ रहेको छ ।

यस्तै सङ्घीय सरकारकै राजस्व बाँडफाँडतर्फ १० करोड ६० लाख ७१ हजार रुपियाँ, रोयल्टी बाँडफाड पर्वतारोहणतर्फ पाँच लाख ६९ हजार ८६३ रुपियाँ रहेको छ । सशर्त अनुदानतर्फ २६ करोड ३८ लाख, समपुरक अनुदानतर्फ ८७ लाख र विशेष अनुदानतर्फ एक करोड १३ लाख रुपियाँ रहेको छ ।

त्यस्तै उपाध्यक्ष डा. माबोले प्रस्तुत गर्नुभएको बजेट विवरणअनुसार प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानतर्फ एक करोड १४ लाख ३४ हजार रुपियाँ रहेको छ । प्रदेश सरकारकै सवारीसाधन कर बाँडफाँडतर्फ ७१ लाख ८७ हजार रुपियाँ, समपुरक अनुदानतर्फ एक करोड ३० लाख रहेको छ । सशर्त अनुदानतर्फ भने एक करोड ५२ लाख ५७ हजार रुपियाँ रहेको बजेट विवरणमा उल्लेख छ ।

यसैगरी प्रदेश सरकारकै दहत्तर बहत्तर बाँडफाडतर्फ पाँच लाख रुपियाँ, घरजग्गा रजिष्ट्रेसन (मालपोत) बाँडफाडतर्फ १० लाख रुपियाँ र आन्तरिक आयतर्फ बैङ्क मौज्दातसहित ६६ लाख ६५ हजार रुपियाँ रहेको छ । गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले भने आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिनुभयो । एक नगरपालिका र आठवटा गाउँपालिकासहित नौ स्थानीय तह रहेको जिल्लामा आगामी आवको बजेट प्रस्तुत गर्नेमा सिरिजङ्घा गाउँपालिका दोस्रो भएको छ ।

आगामी आवको बजेट प्रस्तुत गर्नेमा सिदिङ्वा गाउँपालिका पहिलो भएको छ । सिदिङ्वाले गत असार ५ गते बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेको थियो । सोमबार आठराई त्रिवेणी गाउँपालिकासहितका स्थानीयले आगामी आवको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् । जिल्लाको एक मात्र फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाले असार १० गते मङ्गलबार बजेट सार्वजनिक गर्ने तयारी गरेका बुझिएको छ ।

2