काठमाडौं। शाओमी नेपालले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘शाओमी किन्दा उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ नामक योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार जित्ने अवसर पाउनेछन्।
योजनाअन्तर्गत हरेक दिन ८ जना भाग्यशाली विजेताले २ हजार ४ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी बड्स ६ प्ले प्राप्त गर्नेछन्। त्यसैगरी, हरेक साता १० जना विजेताले १० हजार ९ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी वाच ६ एक्टिभ प्राप्त गर्नेछन्। साथै, ४ जना भाग्यशाली बम्पर विजेताले थाइल्यान्ड भ्रमणको अवसर पाउनेछन्।
योजनामा सहभागी हुन ग्राहकले नयाँ शाओमी वा रेडमी मोबाइल खरिद गरी मोबाइलको IMEI नम्बर ९७०२६६५७९० मा ह्वाट्सएपमार्फत पठाउनुपर्नेछ। विजेताको छनोट लक्की ड्रमार्फत गरिनेछ र नतिजा शाओमी नेपालको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ। यो योजना असोज ९ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ।
