Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भारी हिमपातले लार्केपास पूर्ण रूपमा अवरुद्ध

भारी हिमपातले लार्केपास पूर्ण रूपमा अवरुद्ध
तस्विर: सुन्दरकुमार थकाली÷रासस
A A+ A-

गोरखा। भारी हिमपातका कारण उत्तरी गोरखा र मनाङको सिमानामा रहेको लार्केपास पूर्ण रूपमा अवरुद्ध भएको छ। गत बिहीबारदेखि शनिबारसम्म परेको हिमपातले बाटो ढाकेपछि आवागमन ठप्प भएको हो।

समुद्र सतहबाट ५,१०६ मिटर उचाइमा रहेको लार्केपास अवरुद्ध हुँदा स्थानीयको जनजीवन प्रभावित बनेको चुमनुब्री गाउँपालिका-१ साम्दोका होटल व्यवसायी निमा दोर्जे लामाले बताए। बाढीपहिरोले मनास्लु पदमार्गका विभिन्न स्थानमा बाटो र पुल बगाएपछि स्थानीयहरू दैनिक उपभोग्य सामग्रीका लागि मनाङको भीमथाङ बजारमा आश्रित थिए। अहिले लार्केपासमा बाक्लो हिउँ जमेकाले ढुवानीको सो मार्ग पनि बन्द भएको छ।

साम्दोका पूर्ववडा सदस्य निमा दोर्जेका अनुसार सामागाउँ र साम्दोमा खाद्यान्न अभावको जोखिम बढेको छ। उनले भने, “यताबाट सामान लिन गएका खच्चड मनाङमा अड्किएर बसेका छन्। उताबाट आएकाहरू यता रोकिएका छन्।” चुमनुब्री गाउँपालिका-१ का वडाध्यक्ष कर्मा छेवाङ लामाले पनि पदमार्ग अवरुद्ध हुँदा खाद्यान्न ढुवानीमा समस्या भएको जानकारी दिए।

यसका साथै, पर्यटकीय सिजनमा सयौँ स्वदेशी तथा विदेशी पर्यटक लार्केपास गर्न नसकेर सामागाउँ र साम्दोमा अलपत्र परेका छन्। यसले पर्यटन व्यवसायी, होटल सञ्चालक, गाइड र भरियाहरूलाई मर्कामा पारेको छ। स्थानीयले बाटो खुलाउन टान, एमक्याप, गाउँपालिका र चुमनुब्री होटल व्यवसायी सङ्घलाई पत्राचार गरेका छन्।

गत वर्ष स्थानीय युवाले नै हिउँ पन्छाएर बाटो खुलाएका थिए, तर यो वर्ष हिउँ निकै बाक्लो भएकाले स्थानीयको प्रयासले मात्र बाटो खोल्न सम्भव नभएको निमा दोर्जेले बताए।

2